心配
1. 〔気づかい〕 care; ख्याल ; फिक्री ; चिन्ता ;〔気苦労〕 worry; चिन्ता ;〔不安〕 anxiety; uneasiness; चिन्ता ; जतन ; तनाउ ; फिक्री ; दाह ; धक ; ध्याउन्न ;
余計な心配
अगरमगर अनावश्यक चिन्ता
断られることへの心配
अरूले तिरस्कार गर्लान् भन्ने डर
天井が落ちてくるのではないかと心配になり,テーブルの下に飛び込んだ
छत नै तल खस्ने त होइन भन्ने डरले म फुत्त उफ्रेर टेबुलमुनि लुकें ।
私と働けば心配はいらない
सँगै काम गर्यौ भने त्यसको चिन्तै लिनुपर्दैन ।
ご心配なく
केही समस्या छैन ।
戦争が起きる心配はない
युद्ध शुरु हुन्छ भन्ने डर (/ चिन्ता / खतरा / भय) त छैन ।
何が君はそんなに心配なんだ
तिमीलाई के कुराले पीर पार्दैछ? ; तिमीलाई के पीर पर्यो?
お前のことがとても心配だ
बाबु, मलाई त तिम्रो एकदमै चिन्ता लाग्यो ।
彼の帰りが遅いと心配だ
उहाँ ढिलो आउँदा मलाई चिन्ता लाग्छ ।
今,症状がないからと感染の心配がないとは言えない
अहिले लक्षण देखिदैन भनेर संक्रमण गरेको छैन भन्न मिल्दैन ।
心配の種
चिन्ताको (/ सुर्ताको) कारण
心配な件
चिन्तित विषय ; चिन्ता लागेको विषय ; पिर परेको विषय
彼女の息子は心配の種だ
उसको छोरो एकदमै चिन्ता दिने कुरा हो ।
心配するな
चिन्ता नगर (/ नलेऊ) ।
心配しすぎだよ
तिमी अत्ति चिच्तित छौ ।
彼は心配しすぎて死んじゃうよ
चिन्ता गरेरै उसले आफैलाई मार्छ ।
心配するには及ばないよ
चिन्ता गर्ने तिम्रो कारण छैन ।
心配したところで何になるの
चिन्ता गरेर के फाइदा छ?
何であなたはいつもすべてのことを心配するの?
स–सानो कुरामा किन सधैं चिन्ता गर्छौ?
彼は死ぬほど心配するだろう
चिन्ता गरेरै उसले आफैलाई मार्छ ।
彼女は彼を過剰なほど心配した
उनले उसको अति (/ धेरै) पिर गरिन् ।
何をそんなに心配しているの
तिमीलाई के कुराले पीर पार्दैछ?
どうして無駄に心配するの
बेकारमा किन पीर गर्ने?
医者は病人の病状をとても心配している
डाक्टरले रोगीको अवस्थाबारे धेरै चिन्ता गरेका छन् । ; डाक्टर रोगीको अवस्थाबारे चिन्ताकुल (/ चिन्ताग्रस्त) छन् ।
問題に陥りそうだと心配しているなら心配しないで.そんなことにはならないから
म समस्यामा फस्दैछु जस्तो लाग्छ भने, ढुक्क हुनुस्, फस्नेछैनँ ।
でもまだ何処となく心配なんだ
तर अझै पनि कता कता मलाई डर लाग्छ ।
いつも心配してくださり嬉しいです
सधैं मेरो ख्याल गर्नुभएकोमा (/ सधै मलाई आफ्नो ख्यालमा राख्नुभएकोमा) म निक्कै खूशी छु ।
だから私が友としてそばにいる間,お前が心配する必要がどこにある
त्यसैले, तेरो दोस्त हुँदाहुँदै किन धन्दा मान्छस्?
心配そうな顔付きで
चिन्तित (/ विचलित) अनुहार लिएर
2. 〔世話をすること〕
友人が心配してくれて仕事が見つかった
साथीले मिलाइदिएर मैले जागिर पाएँ ।
自分の心配事をぜんぶを打ち明ける
आफ्ना सबै चिन्ता (/ पीर–व्यथाहरू) पोख्नु (/ प्रकट गर्नु)
何か心配事でもあるようですね
तपाईंको मनमा केही तरङ्ग (/ आवेग / चिन्ता) छ जस्तो छ, है ।