UNOES日ネ辞書日本語⇄ネパール語辞書

知る

1. 〔認識する〕 know; जान्नु ; बुझ्नु ; चिन्नु ; परिचित हुनु ;

  • 知る権利

    जान्ने (/ थाहा पाउने) अधिकार (/ हक)

  • 知らずに

    नजानी नजानी ; अनजानमा / अन्जानमा ; सोच्दै नसोची

  • 知ってて

    थाहा पाहेरागरे ; चाल पाईकन ; थाहा हुँदा हुँदा

  • 知らない

    अजान ; अज्ञात ; अनजान अनजानको ; बिरानो / बिरानू ; चिन्नु–जान्नु–देख्नु–सुन्नु नभएको ; संज्ञाहीन

  • 私の知る限りでは

    मैले बुझेअनुसार ; मलाई थाहा भएअनुसार

  • 知らされていない

    असूचित ; जानकारी (/ थाहा) नदिइएको

  • ~について幾らか知る ~

    बारे केही जानकारी लिनु

  • どこのだれかも知らない人

    अपरिचित (/ नाउँ न गाउँको / गाउँ नाउँ थाहा नभएको) मान्छे ; बाहिरिया (/ परचक्री) मान्छे

  • 彼女は物の言い方を知らない 「行かない」と混同しない

    उसलाई बोल्न आउँदैन । ; ऊ बोल्न जान्दैन । *जाँदैन

  • 事件の真相を知る情報源は見つからなかった

    घटनाको सत्यता बुझ्ने सम्पर्कसूत्र (/ सम्पर्कस्रोत) फेला परेन ।

  • 私はそのことを知っています よりが正統; 「行っている」と区別する

    मलाई त्यो कुरा थाहा छ । *थाहथाहाम त्यो कुरा जान्दैछु । *जाँदैछु

  • まずは自分の病気をよく知ろう ’

    पहिला आफ्नो रोगबारे जानौं (/ राम्ररी बुझौं) ।

  • 彼の生死のほどはだれも知らない

    ऊ मऱ्यो कि मरेन कसैलाई पनि थाहा छैन ।

  • お巡りさんは自分の担当区域の全部の家を知っている

    पुलिसले आफ्नो इलाकाको प्रत्येक घर चिन्दछ ।

  • 私はそのことを何も知りません

    त्यो विषयमा मलाई केही पनि थाहा छैन ।

  • それは知らなかったなあ ’

    त्यो त मलाई थाहा थिएन ।

  • 「お茶屋さんがどこにあるか知っていますか」「さあ知りませんね」 ’

    “é ” “” "चिया पसल कहाँ छ तपाइर्ंलाई थाहा छ खैं मलाई त थाहा भएन ।"

連語
知られる
  • よく知られた

    चिरपरिचित ; प्रख्यात ; ख्याति कमाएको ; प्रसिद्ध

  • 世界に知られた学者 〔有名な〕

    विश्वविख्यात अध्यापक (/ पण्डित) ; संसारभरि चिरपरिचित अध्यापक (/ पण्डित)

  • 村では大物として知られている

    उहाँ गाउँको ठूलो मान्छे कहलाउनुभएको (/ कहलिनुभएको) छ । ; उहाँ गाउँमा ठूलो मान्छेको रूपमा प्रसिद्ध हुनुभएको छ । ; गाउँमा ठूलो मान्छेको रूपमा उहाँको नाम चलेको छ ।

  • 彼はどんなことで知られていましたか

    उहाँ केको लागि चिनिनुहुन्थ्यो

  • だれにもそのことを知られないようにと望まれた

    उहाँ कसैले त्यसको थाहा नपाऊन् भन्ने चाहनुहुन्थ्यो ।

  • 私は海が好きな人として知られている

    म समु› मन पर्ने व्यक्तिको हैशियतमा चिनिएको हुँ ।

  • 彼は偉い人として知られたかった

    उनले ठूलो मान्छेको रूपमा चिनिन चाहे ।

  • 彼は世界中で知られている

    तिनी संसारभरि चिरपरिचित छन् ।

2. 〔気付く〕 find; चाल पाउनु ; थाहा पाउनु ;〔悟る〕 realize; पत्ता लगाउनु ; थाहा पाउनु ; चिन्नु ; बुझ्नु ;

  • 知ってて

    थाहा पाहेरागरे

  • 知るに至る知るようになる

    /थाहा हुन आउनु ; जानकारीमा आउनु

  • 知らなかったと言い訳する

    थाहै नपाएको बहाना बनाउनु

  • だれが知り得よう

    कसलाई के थाहा

  • はいはいはい知ってますよ!

    होहोहोमलाई थाहा छ

  • 君が来るなんて知らなかった ’

    मलाई तिमी आउँछौ भन्ने भेउ (/ थाहा / पत्तो / सुइँको) भएन ।

  • 自分で経験して彼女の言葉が真実だと知った

    जब म आफै त्यसमा परें तब तिनले सही कुरा भनेकी रहेछिन्‌ भनेर बुझें।

  • 知ってか知らずか親は普通自分が育てられた方法で自分の子供を育てる

    आमा–बाबुहरूले अक्सर तिनीहरूको पालनपोषण जान–अन्जनमा जसरी भयोत्यसरी नै आफ्ना छोराछोरीको पनि पालनपोषण गर्न खोज्छन् ।

  • 彼がそんなに病気だったなんて知らなかったよ

    ऊ त्यति बिमारी थियो भनेर मलाई थाहा थिएन ।

  • 僕の何をお前は知っていると言うんだ ’

    मेरोबारे तँलाई के थाह

  • 彼は友達の家にいると言うが私はそうじゃないことを知っている ’

    ऊ साथीको घरमा थियो भन्छ तर ऊ अन्तै थियो भन्ने मलाई थाहा छ ।

  • 自身に臨もうとするすべての事柄を知り

    आफूमाथि आइपर्ने सबै कुरा थाहा पाएर

  • 知ってるだろやつは冷淡な石頭なんだよ石頭’

    तँलाई थाहै छऊ ढुंगो हो क्या ढुंगो ।

  • これはだれもが知っている

    यो सबैले जान्दछ ।

  • 彼女はこのことを知っていた

    तिनले यो कुरा जानेकी थिइन् ।

  • それはうすうす知っていた

    मलाई अलिअलि त थाहा थियो ।

  • 何が起こるかだれも知らない

    के हुने छ म केही पनि जान्दिन ।

  • 私たちのお願いを彼に知ってもらおう

    हाम्रो माग उहाँमा जाहेर होस् ।

  • ポケットに一銭もないことは家に知られてしまった ’

    खल्तीमा सुको छैन भनेर घरमा थाहा भइसक्यो ।

  • 彼は終わりが近付いたことを知っていた

    आफू मर्न लागेको उसलाई थाहा थियो ।

連語
知らないで・知らずに
  • ある人たちは知らないで王子をもてなした

    कसै–कसैले थाहै नपाएर राजकुमारको सत्कार गरे । ; कसै–कसैले चालै नपाईकन राजकुमारको सत्कार गरे ।

3. 〔見分ける〕 भेद गर्नु bhed garnu ; जाँच गर्नु ; छुट्टयाउनु ; खुट्टयाउनु ; आफै बुझ्नु ;

  • うわさか事実かを知るのは難しい

    हल्ला हो कि साँचो हो छुटयाउन गाह्रो हुन्छ ।

  • 弟子たちの互いへの愛でのみ彼らが師の弟子であると知られるのだ ’

    चेलाहरूबीचको आपसी प्रेमले गर्दा नै तिनीहरू गुरुका चेलाहरू हुन् भनेर चिनिनेछन् ।

  • 勉強する日と休みの日を知っていなくてはならない

    हामीले पढ्ने दिन र छुट्टीको दिन जानिराख्नु पर्छ ।

4. 〔内容を理解する〕 जान्नु ; बुझ्नु ; आउनु ;

  • 何でも知りたがる人

    जिज्ञासु (/ अरूको कुरा जान्न चाहने) व्यक्ति

  • 私は泳ぐことを知っている(知らない) ’

    मलाई पौडी खेल्न आउँछ (आउँदैन) ।

  • その言葉知っています(知りません) ’私は行きます私は行っていますと混同しない

    म त्यो शब्द जान्दछु (जान्दिनँ) । *म जान्छु 「」म जाँदैछु 「」

  • 彼女は料理のことをよく知っている

    उसले खाना पकाउन जान्दछे । ; उसलाई खाना पकाउन आउँछ ।

  • 彼は印刷業界のことを知り尽くしている

    उसले प्रकाशन व्यवसाय राम्ररी जान्दछ । ; उसलाई प्रकशन व्यवसाय राम्ररी आउँछ ।

  • お前の兄貴は人生を楽しむことを知らないんだ ’

    तेरो दाइलाई जीवनको मजा लिनै आउँदैन । ; तेरो दाइ जीवनको मजा लिनै जान्दैन ।

  • 彼はネパール語がしゃべれるようになった 字:「彼はネパール語をしゃべることを知った」

    उसले नेपाली बोल्न जान्यो । *

5. 〔感じる〕 महसुस (/ स्पर्श / अनुभव) गर्नु ; ठाल्नु ; ठान्नु ; भन्ठान्नु ; लाग्नु ;

  • 恥を知らない男

    निर्लज्ज (/ लाज नभएको) मानिस

  • 憐れみを知らない男

    मन नभएको मानिस

6. 〔予見する〕 भविष्य देख्नु ; पहिले देख्नु ; अवलोकन गर्नु ;

  • 君が来ることは予め知らされていた

    मलाई तिमी आउने पूर्वजानकारी (/ पूर्वज्ञान) थियो ।

7. 〔経験する〕 अनुभव गर्नु ; चाख्नु ; भोग्नु * 悪い経験に使い事が多い; उपभोग गर्नु ; प्राप्त गर्नु ;

  • 私の全く知らない世界のことだ

    यो मैले जानेको भन्दा माथिको कुरा हो ।

  • 彼女は世の中の苦労を知らない

    उसलाई संसारको दुख नै थाहा छैन ।

  • 酒の味を知った

    उसले रक्सीको स्वाद चाखिसक्यो ।

8. 〔面識がある〕 चिनापर्ची (/ चिनजान / परिचय) हुनु ;

  • 知らない人

    अपरिचित (/ बाहिरिया / परचक्री) मान्छे ; परदेशी

  • 彼は知らない人だ

    म उसलाई चिन्दै चिन्दिनँ । ; उससित मेरो केही परिचय नै छैन ।

  • 彼のお父さんを知っている は知っている事実を述べておりは以前から知っているというニュアンスが伝わる

    म उसको बाबुलाई चिन्छु (/ चिनेको छु) । *चिन्छुचिनेको छु

  • あの人の顔(名前)は知っている

    मैले उसलाई अनुहारले (नामले) चिन्छु ।

  • あなたを親しく知りたい

    तपाईंलाई नजीकबाट चिन्न चाहन्छु ।

  • ああ知ってる知ってる(あの人ね) 今思い出したところなら単純過去がふさわしい

    ए चिन्छु चिन्छु । ; ए चिनें–चिनें । *

9. 〔関係する〕 ~ सित सम्बन्धित हुनु (/ गर्नु) ; सम्बन्ध राख्नु ; लाग्नु ; बिथोलित हुनु ; मुछिएको हुनु ; मुछिनु ;

  • 君の知ったことではない

    तिम्रो आफ्नो कामकुरामा ध्यान देऊअर्काकोमा होइन ।

  • 私の知ったことではない

    मलाई के थाहा किन मैले वास्ता गर्नु पर्ने मसित केको सरोकार