育つ
1. 〔人 / 子供が〕 grow (up); हुर्कनु / हुर्किनु ; उब्जनु ; फुल्नु ;〔育てられこと〕( the) upbringing; पालनपोषण ;
育った子たち
हुर्किसकेका छोराछोरी
彼はポカラで育った
ऊ पोखरामा हुर्क्यो (/ हुर्कियो) ।
彼は共に育った仲だ
ऊ मसँगै हुर्के–बढेको साथी हो ।
子供たちは健やかに育っている
केटाकेटीहरू मौलेका छन् ।
苦労にめげず少年は立派に育った
थुप्रै दुखहरूको (/ कठिनाइहरूको) बावजूद केटा त परिपक्व (/ असल वयस्क) बन्दै गयो ।
自分の子供が伸び伸びと育つよう助けてください
तपाईंको किशोरकिशोरीलाई मौलाउन (/ फल्न फुल्न) मदत दिनुहोस् ।
子供が順調に育つという保証はどこにもない
छोराछोरीहरू ठीक बाटोमै लाग्छन् भन्ने कुनै ग्यारेन्टी छैन ।
2. 〔穀物 / 植物が〕 उम्रनु ; बढ्नु ; खेती हुनु ;
温室で育てられた花
ऐनको घरमा उमालेको (/ पालेको) फूल
よく育つ植木(稲の苗)
लहलहाउँदो (/ लहलह भएको / झाँगिएको / हराभरा) बिरुवा (रोपो)
穀物の苗がよく育った
बालीनाली (/ अन्नको बोटबिरुवा) सप्रियो (/ झाँगियो / मौलायो / सप्लायो / राम्ररी बढ्यो / राम्ररी विकास भयो) ।
庭の草木がよく育っている
बगैंचा सप्रँदैछ (/ लहलहाउँदैछ / लहलह हुँदैछ) ।
稲の苗がよく育っている
धानको रोपो लहलह (/ लहलहाउँदै) बढेको छ ।
この土壌では野菜がよく育つ
यस माटोमा सब्जी राम्ररी उम्रन्छ (/ उमि्रन्छ) ।
3. 〔特質 / 関係が〕 खेती हुनु ; विकास (/ विकसित) हुनु ; बढ्नु ;
時間を共に過ごせば更に親しい関係が育つ
एकसाथ समय बिताउँदै जाँदा अझ घनिष्ठ सम्बन्ध विकास हुन्छ ।