姿
1. 〔体の格好〕 a figure; रूप ; ढाँचा ; आकृति ;
彼女は優雅な姿をしている
उसको आकृति (/ रूप) मनोहर छ ।
その人の名前も姿も知らない ’
उसको नामरूप (/ नाम पनि रूप पनि) केही थाहा छैन ।
ビデオに自分の姿が録画されている
भिडियोमा आफूलाई नै देखियो ।
2. 〔外見 / 身なり〕 appearance; ( बाहिरी) रूप ; बाह्य रूपरङ ; आभास ; मोहडा ; भान * 上辺;
その子はみすぼらしい姿をしていた
त्यो बच्चाले जीर्ण (/ पुरानो र फाटेको) लुगा लाएको थियो ।
彼はすっかり変わり果てた姿をしていた
ऊ चिन्नै नसकिने भइसकेको थियो ।
一人の金持ちが今では托鉢僧に姿をやつしている
एकजना धनी अहिले मागीखाने भएको विधिको विडम्बना भइसकेछ ।
3. 〔ありさま / 様子〕
若者が去ってこの村の昔の姿はもはやない
युवाहरूले छोडेपछि यो गाउँ उहिलेको रूपमा छैन ।
4. 〔物の形〕 आकार ; रूप ; विम्ब ; छाया ; प्रतिविम्ब ; आकृतिप्रकृति ;
フェワ湖にはマチャプチュレ山の姿が映し出される
फेवा तालमा माछापुछ्रे हिमालको प्रतिविम्ब देखिन्छ ।
太陽が何日も姿を見せなかった
घाम धेरै दिन देखिएन ।
ライオンの空腹が満たされるころには獲物は元の姿をとどめていなかった
भोक मेटिएपछि सिंहले शिकारलाई चिन्न नसकिने हालतमा छोड्यो ।
都会に住んでも心には村の姿が思い出される
सहरमा बसे पनि मेरो मनमा गाउँघरको चित्र (/ विम्ब) खिचिएको छ ।
世界舞台からその国は完全に姿を消した
त्यो राष्ट्र विश्व मञ्चबाट सम्पूर्णतः लोप भयो ।
5. 〔人の目に映る体 / その人〕
姿を消す
अल्पनु ; अदृश्य (/ लोप) हुनु
彼は姿をくらました
ऊ हरायो (/ अदृश्य भयो / गुम्यो / अल्पयो) ।
最近シータの姿をあまり見ませんね
आजभोलि सीता त्यति देखा परेकी छैनन् ।
あれっきり彼は姿を見せない
ऊ त्यति बेलादेखि नै गायब बेपत्ता (/ अलप) भएछ ।
ジートはまだ姿を見せない
जीत अझै देखा परेछैन ।
その地域に何万人もの有志ある者たちが姿を現した
त्यहाँ इलाकामा दसौं हजार स्वयंसेवकहरू देखा परे ।
彼の姿はどこにも見当たらなかった
ऊ कतै देखिएन ।
君をずいぶん見かけなかったがどこに姿をくらましていたのかい
तिमी यतिका दिन देखिएनौ निकहाँ अस्ताएका (/ लुकेका / छिपेका) थियौ