好き
1. 〔心が引きつけられる〕 रूचाउनु ; _ लाई ~ मन पर्नु * _が実質上の主語。現在のことも過去形で表現できる;〔好かれる〕 लोकप्रिय हुनु ;
大の…好き
好きでたまらないもの
विशेष अभिरुचि
バナナが好きだ
मलाई केरा मन पर्छ । ; म केरा मन पराउँछु । ; मलाई केराको रुचि लाग्छ ।
コーヒーより紅茶のほうが好きだ
मलाई कफीभन्दा चिया मन पर्छ ।
一人でいるのが好きだ
मलाई एकलै बस्न मन पर्छ । ; म एक्लै बस्न रुचाउँछु ।
私はスポーツが好きだ
म खेलप्रेमी हुँ । ; मलाई खेलमा रस बसेछ ।
君は何が好きかい
तिमीले रूचाएका कुराहरू के–के हुन्?
僕は君のことが好きだ
म तिमीलाई चाहन्छु (/ मन पराउँछु) । ; मलाई तिम्रो माया लाग्छ ।
彼は私のことが好きじゃないと感じた
उसले मलाई मनपराउँदैन जस्तो लाग्यो ।
コーヒーはブラックで飲むのが好きだ
म कालो कफी मन पराउँछु ।
なぜってあなたはもう私のことが好きでしょ
किनभने तिमीले मलाई मन पराइसक्यौ नि, हैन!
あなたはピザ(を食べるの)が好きですか
तपाईंलाई पिज्जा (खान) मन पर्छ?
不利な面もあるがこの仕事が好きだ
यसका बेफाइदाहरू भए तापनि मलाई यो काम मनपर्छ ।
好かれない人
अग्राह्यव्यक्ति ; अवाञ्चित व्यक्ति
そうですよ,ラジュは皆から好かれています
हो, राजुलाई सबैले मन पराउँछन् ।
好きな着物
आफ्नो रुचिको (/ मनपरेको) लुगा
好きな方を選んでいいよ
तिमीलाई जुन मनपर्छ त्यो रोजे हुन्छ ।
彼を好きな人はだれもいない(だれも彼のことが好きではない)
उसलाई कसैले मनपराउँदैन ।
それぞれ好きな時間に向かった
हरेक चाहिँ आ–आफ्नो समयमै त्यहाँ गयो ।
私が君のこと好きな理由,知ってる?
मलाई तिमी किन मनपर्छ, थाहा छ?
自分の好きなことを後回しにする
आफ्ना रूचिका कुराहरूलाई पन्छाउनु
あなたの好きなものと嫌いなものは何ですか
तपाईंलाई मन पर्ने वा (मन) नपर्ने कुराहरू के–के हुन?
やりたいことをやりたい時にやり,好きな人と過ごしたいんだ
मन परेको कुरा आफूले चाहेको समयमा गर्न चाहन्छु । मन परेको व्यक्तिसित समय बिताउन चाहन्छु ।
泳ぐのが好きになりましたか
अब तपाईंलाई पौंडी खेल्न मन पर्यो?
でも僕はあの子は好きになれないね
तर मलाई त्यो केटो मनै पर्दैन ।
僕は一目で彼女を好きになった
मैले उनलाई एकै नजरमा मन पराएँ ।
2. 〔気まま / 勝手〕
自分の好きなようにしな
आफूखूसी गर् ।
好きな時にいらっしゃい
आफ्नो सुविधामा आउनुस् ।
どうして人々は僕に好きにさせてくれないんだろう
मान्छेहरू किन मलाई आफ्नो इच्छामा रमाउन दिंदैनन्?
「だれが君に好きにさせないのかい?」「みんなだよ!」
“तिमीलाई कसले आफ्नो इच्छामा रमाउन दिएको छैन?” “सबैले!”
好き勝手に振舞う
फुक्नु
自分の好きなようにする
मनलागी (/ आफूखूशी / रूचि अनुसार / फुक्का भई) गर्नु
あの子は好きなようにならないとすぐに泣く
मनपरी गर्न नपाउँदा त्यो बच्चा रोइहाल्छ । ; चाहेजस्तो (/ मनलागि) गर्न नपाउँदा त्यो बच्चा रोइहाल्छ ।
お前には好きなようにさせてやろう
तँलाई आफूखुशी गराइदिन्छु (/ गर्न दिन्छु) ।
好きなようにしなさい
आफ्नो मनलागी गर । ; आफूखुशी गर ।
彼は手綱をゆるめて馬の好きなようにさせた
उसले लगाम छोडेर घोडालाई मुक्त रूपले दौड्न दियो ।
自分の好きなように生きるべきだ,と言う人も少なくありません
स्वतन्त्र भई जीवन बिताउनुपर्छ भनी दाबी गर्ने मानिसहरू थुप्रै छन् ।