すっかり
1. 〔すべて / 完全に〕 entirely; completely; चौपट्टै ; बिलकुल / बिलकुलै ; पूर्णतः / पूर्णतया ; चटक्क / चटक्कै ;
町はすっかり変わった
शहर पूरा परिवर्तन भयो ।
すっかり燃え尽きた
भुसुक्कै जलियो ।
*भुसुक्कは燃え尽きたり破壊する時に使う
牛があげた雑草をすっかり食べ尽くした
दिएको घाँस गाईले कट्याककुटुक खायो (/ गाईले सबै खाइदियो) ।
かごの荷物をすっかり覆った
उसले डोकाको सामान झपक्क (/ ढपक्क) ढाक्यो ।
皿の飯をさっぱり終わらせた
थालको भात सिनित्त (/ पूरा सिद्याउने) पारियो ।
大事なことをすっかり忘れてしまった
मैले महत्त्वपूर्ण कुरा चटक्कै (/ भुसुक्कै) बिर्सिएँ ।
そのことをすっかり忘れていた
त्यो मैले भुसुक्कै बिर्सेको थिएँ ।
あれま,一つ(大事なことを)すっかり忘れてるわよ。聞いてるの
हत्तेरी! एउटा कुरा त भुसुक्कै बिर्सेछौं नि! सुन्नुभो भन्या?
週休2日制はすっかり定着してきた
हप्तामा दुई दिन छुट्टी लिनु अहिले पूर्णतया स्वीकृत भएको छ ।
次々と質問されてすっかりうろたえた
एकपछि अर्को प्रश्न वर्षाइएकोले म आत्तिएँ ।
小麦は雑草にすっかり覆い隠されてしまった
गहुँलाई सामाले ढपक्क ढाकिदियो ।
彼はすっかりその背の高い女の子に恋をした
त्यो अग्ली ठिटीसँग ऊ प्रेममा चुर्लुम्म डुबेको छ ।
2. 〔とても〕 धेरै ; अन्नाधुन्न ; बेसरी besarii ; अचकाली ; औधी / औधि नै ; निकै / निक्कै ; ज्यादा / ज्यादै; अति ; अत्यन्त / अत्यन्तै ; असाध्य / असाध्यै ; साह्रै ; एकदम / एकदमै; बेस ; आदि ; नितान्त ; खूब ; धमाधम ; अघोर / अग्घोर ; बडो ; उपट्ट ;
お前と話してすっかり疲れた
तँसित कुरा गरेर नि साध्य! वाकवाकै लाग्यो!
ああ,すっかり遅くなったわ!
ओहो! एकदमै ढिलो भइसक्यो!
すっかり物覚えが悪くなった
मेरो समझ शक्ति पूरै खराब भयो । ; मेरो धेरै बिर्सने बानी भइसक्यो ।
すると,人々はその教え方にすっかり驚いた
अनि उहाँको सिकाउने तरिका देखेर तिनीहरू छक्क परे ।