為る
1. 〔行う〕 do; गर्नु ; चल्नु ;〔される〕 being done; गराइनु ;〔させる〕 make~do; गराउनु ; गर्न लगाउनु ; चलाउनु ;
勉強を為る人たち
अध्ययन गर्नेहरू
~為る間 〔以下順に慌しさが増す〕~
गर्दा (/ गर्दाखेरि) ; गर्दै गर्दै ; गर्दा–गर्दै ; गर्दा नगर्दै
どんなことを為てでも
जिनतिन / जेनतेन जे गरे पनि
食べるに為ても飲むに為ても他の何を為るに為ても
चाहे हामी खाऔंपिऔं वा जेसुकै गरौं
それを為ることができます
त्यो म गर्न सक्छु (/ पाउँछु / जान्दछु) । ; त्यो मलाई आउँछ ।
日分の仕事は為た ’
गर्नुपर्ने दिनको काम त गरिसकेँ ।
私は君たちのために何を為よう
तिमीहरूका निम्ति म के गरूँ
一緒に食事を為ることになっていた(ができなかった) ’
हामी सँगै खान्थ्यौं (/ खाने थियौं) ।
自分の信念に沿った生き方を為たい
म आफ्नो विश्वासअनुरूपको जीवनशैली पछ्याउन चाहन्छु ।
勉強為ることすらできないくらい疲れた
म अध्ययन गर्न पनि नसक्नेगरी थाकिसकेँ ।
怒りを我慢為るか為ないかの結果をまっさきに考えるべきだ
हामीले पहिला रिस थाम्दा र पोख्दाको नतिजाबारे विचार गर्नुपर्छ ।
彼が私のために何か為てくれたとは思えない ’
उहाँले मेरो लागि केही गर्नुभए जस्तो त लाग्दैन ।
やつは自分に皆の注意を向けようと為た
उसले अरूहरूको ध्यान आफूतिर मोड्ने कुप्रयास गऱ्यो ।
私は煩いでどう為ようこう為ようと言う状態になった
म फिक्रीले के गरु कसो गरूँ भन्ने अवस्थामा पुगेँ ।
彼らは徹底的な証言をすることに為っていた
तिनीहरूले विस्तृत साक्षी दिने थिए ।
2. 〔ある仕事に従事する / ある役をする〕 गर्नु ; चल्नु ;
弁護士(医者)を為る
वकीलको (डाक्टरको) पेशा खानु
ダム建設を為る
बाँध–निर्माण कार्यमा भाग लिनु
二人の仲人を為た
उनीहरूबीच मध्यस्थ (/ लमीको काम) गरें । ; उनीहरूको विवाह मैले मिलाइदिएँ ।
父は食料品店を為ている
बुबा किराना पसल चलाउनुहुन्छ ।
3. 〔ある状態 / 性質にする〕 make; बनाउनु ;〔変える〕 turn into~; गराउनु ; लगाउनु ;〔させる〕 ~ लाई गराउनु ; लगाउनु ; ~ लाई _ को बाटोमा लाग्नु ;〔される / してもらう〕 ~ लाई गराइनु ;
彼は髪を長く為ている
उसले लामो कपाल पाल्छ ।
~為るようになる
गर्न पुग्नु (/ आउनु / जानु) ; पर्न गर्नु
子供を医者に為るつもりだ
छोरालाई डाक्टर बनाउनेछु ।
金が人を幸福に為るとは限らない
पैसाले मानिसलाई सधैं खूशी तुल्याउने त होइन ।
熱は水を蒸気に為る
तापले पानीलाई बाफ बनाउँछ ।
4. 〔ある状態 / 性質である〕 रहनु ;
じっと為ていることができない
ऊ चूप लागी बस्न सक्दैन ।
5. 〔体が一時的にある状態になる〕 पर्नु ; हुनु ;
彼はよく病気を為る
ऊ समय–समयमा बिमारी हुन्छ ।
6. 〔ある状態が感じられる〕 लाग्नु ; हुनु ; ठान्नु ; भनठान्नु ;
これは変な味が為る
यसमा अनौठो स्वाद भयो ।
負けそうな気が為る
हारूँ (/ हार्ने कि) जस्तो लाग्छ ।
犬の鳴き声が為た
कुकुरको आबाज आयो । ; कुकुरले भुकेको मैले सुनेँ ।
7. 〔身につける〕 लगाउनु ;
ネクタイを為る
टाइ लगाउनु
8. 〔値段である〕 लाग्नु ; पर्नु ;
ルピア為る土地
पचास हजार रूपियाँ मूल्यको जमीन
その服はいくら為ましたか
त्यो लुगाको पैसा कति लाग्यो (/ पऱ्यो)
9. 〔時間がたつ〕 लाग्नु ; बित्दै जानु ;
~になってもう何十年も為る ~
भएको दशकौं भइसक्यो ।
彼の死から年も為ないうちにそれは起きた
उसको मृत्यु भएको ३ वर्ष भन्दा पनि कम समयमा त्यो भयो ।
新しい仕事を始めて一月為るけどどうだい ’
नयाँ जागिर खाको एक महिना भइसक्योकस्तो लाग्दैछ
入院期間は症状によっても違うが普通ヶ月も為れば十分だろう
अस्पतालमा बस्ने अवधि लक्षणअनुसार फरक हुन्छ र साधारणतया १ देखि २ महिना जति बसे पुग्छ ।
10. 〔決める〕 decide; निर्णय (/ निश्चय / निधो) गर्नु ;〔試みる〕 try; खोज्नु ; लाग्नु ;〔勇気を出して / 敢えて〕 dare; गर्ने आँट गर्नु ; गर्न लागीरहनु ; गर्ने कोशिश (/ प्रयास) गर्नु ; गर्न खोज्नु ;
家を買うことに為た
घर किन्ने निर्णय गरें ।
彼は私を殺そうと為た
उसले मलाई मार्न खोज्यो ।
11. 〔 「… しようとする 」 の形で , 起ころうという状態〕 लाग्नु ;
日が暮れようと為ている
घाम डुब्न लागेछ । ; साँझ पर्न लागेछ ।
12. 〔 「… とすると , … としても 」 の形で , 仮定を表して〕 भने पनि ;
明日雨だと為ても私は出掛けます
भोलि पानी पर्ने भए पनि म बाहिर जान्छु ।
13. 〔 「… もすると , … もすれば 」 の形で , 時の経過〕 पछि ;
日も為ると天気が落ち着くだろう
दुई–तीन दिन बित्दै गए मौसम पनि स्थिर रहन्छ होला ।