正しい
1. 〔正確な〕 right; correct; सही ; ठीक ; असल ; दुरूस्त ; उपयुक्त ; वैध ; सच्चा ; ऐन ain ; मुनासिब ; दुरुस्त ;
正しい情報
सही जानकारी
問題の正しい答え
प्रश्नको सही (/ ठीक) जवाफ
正しい発音をすれば正しくも書ける
शब्दको उच्चारण शुद्ध भएमा लेखाइ पनि शुद्ध हुन सक्छ ।
これは正しく用いられて初めて良い
यो सही ढङ्गमा प्रयोग गरेको खण्डमा मात्र राम्रो हुन्छ ।
2. 〔道理 / 規則 / 習慣にかなう〕 proper; उचित ; सही ; ठीक ; सवाभाविक ; दुरुस्त ;〔当を得た〕 right; just; सही ;〔合法の〕 lawful; असल ;
正しい業
ठीक (/ असल) काम
正しい動機
सही मनसाय (/ उत्प्रेरणा)
正しい王位継承者
वैध (/ वैधानिक / आधिकारिक) शाही उत्तराधिकारी
正しい交友を選ぶ
सही सङ्गत छान्नु
君の判断は正しい
तिम्रो निर्णय सही प्रमाणित भयो ।
彼の行動は法律的に正しい
उसको काम कानुनयोग्य छ ।
ニスチャルの言うことは正しいよ ’
निश्चल ठीक भन्दैछ ।
自分だけが正しいと判断する
आफूलाई मात्र धर्मी ठान्नु
つまるところ俺の言うことはいつも正しい ’
अन्त केम कहिल्यै बेठीक भन्छु
もしラフルについて彼が言うことが正しいならどうするの
राहुलबारे तिनले भनेको कुरा ठीक रहेछ भने नि
そんなことをしたら彼らの間違いを正しいと証明しているようなものだ
यसो गऱ्यौं भने त तिनीहरूको गल्तीलाई सही साबित गराएको जस्तै हुन्छ ।
もし正しいと知っていながら行わないならそれは悪いことだよ ’
सही कुरा थाहा पाएर पनि नगर्नु चाहिं अवश्यै अपराध हो ।
何が正しいかをだれにも決めさせない ’
मैले कुन कुरालाई सही ठान्नुपर्छ भनेर कसैलाई पनि निर्णय गर्न दिन्नँ ।
彼はまもなくその正しさを認めた
उसले त्यो सही छ भनेर समय नबित्दै मानिलियो ।
正しく振舞う
सँभाल्नु ; ठीक व्यवहार गर्नु
正しいことをする勇気
सही कुरा गर्नै साहस
お前が怒るのは正しいことか
के रिसाउनु असल कुरो हो
彼は正しいことをするのにためらわなかった
असल कुरा गर्नमा तिनी पछि हट्दैनन् ।
このような事実に照らしてみれば彼の説は正しいことが分かる
यसरी वस्तविकतासित तुलना गरेपछि उसको धारणा सही साबित हुँदोरहेछ ।
彼の目に正しいことをしたいんだ ’
उहाँकै दृष्टिमा जे असल छ त्यै गर्न चाहन्छु ।
親は正しいことを楽しめるよう育ててくれた
शही कुरा गरेकोमा रमाइलो लाग्ने गरी आमाबाबुले मलाई हुर्काउनुभयो ।
彼は正しいことは何でもやった ’
तिनले जे कुरो असल थियो त्यही गरे ।
3. 〔きちんとしている〕
正しい姿勢
उपयुक्त आसन
4. 〔正式な〕 औपचरिक ;