互い
1. each other; one another; एक–अर्को , 複 एक–अर्का ; परस्पर ; एक–आपस ;
互いの益
दुवैको (/ दुवै पक्षको) लाभ
互いの愛
आपसी (/ एक–अर्कासितको) प्रेम ; रस
互いの関係
आपसी (/ एक–अर्कासितको) सम्बन्ध
互いの気持ちを心置きなく言い表せる
हामी खुलेर एकअर्काका भावनाहरू व्यक्त गर्नसक्छौं ।
互いの悪口を言うのをやめなさい
एउटाले अर्काको बद्नामी नगर ।
良い友達は互いのやることに関心を抱く
असल मित्रहरूले एकअर्काको कामकुरामा चासो लिन्छन् ।
互いの相違点を進んで認め合う ’
आपसी भिन्नताहरूलाई सवीकार्न तयार हुनु
互いに対して
एकअर्काप्रति ; एक दोस्रोतर्फ
互いに見合った
हामीले एकअर्काको देखादेख गऱ्यौं ।
互いに気遣う
एउटाले अर्कोको (निम्ति) वास्ता राख्नु
互いに愛と敬意を払う
एकअर्कालाई माया अनि आदर गर्नु
互いに励まし合う
एक अर्कोलाई प्रोत्साहित गर्नु ; एउटा अर्कोबाट प्रोत्साहन पाउनु
互いに尊重し合う
एकअर्काको मोल गर्नु
互いに助け合う
एकअर्कालाई सहयोग पुऱ्याउनु
互いに喧嘩する
एकअर्कासित झगडा गर्नु
互いに引き付け合う(親しくなる)
एकअर्कालाई आकर्षित गर्नु ; एकअर्काको नजीक ल्याउनु ; एकअर्कासित (/ एक दोस्रोसित) नजिक हुनु
兄弟互いに争った
दाजुभाइ आपसमै लडे ।
彼らは驚いて互いに見詰め始めた
तिनीहरू आश्चर्य मान्दै एकले अर्कालाई हेर्न थाले ।
互いに対して優しい愛情を抱きなさい
एक दोस्रोतर्फ कोमल स्नेह देखाऊ ।
お互いに突っ込んだ話をした は自発的であるのに対しは腹を探りながら突っ込む感じ
हामीले एक–अर्कासित मन खोलेर (/ कोट्याएर) छलफल गऱ्यौं । *खोलेरकोट्याएर
彼らはほとんど互いに喧嘩する時にだけしゃべった
तिनीहरू अक्सर एक–अर्कासित झगडा गर्दा मात्र बोल्ने गर्थे ।
全員で会費を互いに持った
तिनीहरु सबै मिलेर भोजको खर्च बेहोरे (/ बाँडै) ।