適当
1. 〔ふさわしいこと〕
その服はこのような場合には適当でない
त्यो लुगा यस्तो परिस्थितिमा सुहाउँदैन नि ।
適当でない
अयोग्य अनुचित
適当な処置
उचित (/ ठीक) कारबाही
適当な時に
उपयुक्त क्षणहरूमा
適当な機会に
उपयुक्त (/ उचित / सुहाउँदो) समयमा
そのような考えは適当だとお爺さんには思えた
यस्तो विचार बूढालाई उचितै लाग्यो ।
2. 〔ほどよいこと〕
適当な話し方(言葉) は「心地よい程度の」
मिष्ट (/ मधुर) वाणी (वचन) *मिष्ट
適当な値段で
चल्दोमिल्दो (/ सुहाउँदो / उचित) भाउमा ; सुपथ (/ चित्तबुझ्दो / ठीक्कको) मूल्यमा
適当な雑用を割り当てる
सुहाउँदो कामकाजमा खटाउनु
集いにお酒を出すなら適当な量だけにしてください
जमघटमा मद्य पेय पदार्थ राख्ने हो भने ठिक्क मात्रामा मात्र राख्नुस् ।
適当に運動する
ठीक्क मात्रामा व्यायाम गर्नु
好みによって適当に砂糖を加えなさい
चिनी जत्ति हाल्न चाहन्छौहाल न । ; आफ्नो रुचिअनुसार चिनी हाल न ।
3. 〔雑 / 当てにならないこと〕
見積もりは適当です
अनुमान मोटामोटी गरिएछ ।
適当な仕事
लापरवाहीसँग गरिएको काम
適当な辞書
अशुद्ध (/ गलत) शब्दकोश
適当な決定(結論)
हचुवा (/ वस्तुगत नभएको) निर्णय (निष्कर्ष)
適当な教え
असम्बद्ध (/ असंगत / कुरा बाङ्गिने) शिक्षा
適当な男
लापरबाही ; अनुत्तरदायी (/ गैरजिम्मेदार / लापरवाह) मान्छे
適当な天気
घरिघरि परिवर्तन हुने (/ परिवर्तनशील) मौसम
適当な返事をする
उदासीन (/ अनिच्छुक) उत्तर दिनु
適当な食事ではもたない
यस्तोउस्तो (/ जे पायो त्यही) खाएर त सक्दिनँ ।
雰囲気は堅苦しくないものの適当なものでもない
वातावरण अनौपचारिक हुनुपर्छ तर ख्यालठट्टापूर्ण होइन ।
彼は適当な話しに基づいて契約書を書いた
उनले गोलबोलीमा दरखास्त लेखिदिए ।
適当に扱う
रफ गर्नु ; जथाभावी गर्नु
彼は物事を適当にする
ऊ जे पनि हेलचक्रयाइँ गर्छ ।
急いで適当に料理したからあまり美味しくなかった ’
हतारमा उसले जस्तोतस्तो (/ बेवास्ताले / उसिनपासिन पारेर) पकाएछत्यति मीठो भएन ।
天体は宇宙を適当に周っているわけではない
आकाशीय पिण्डहरू अन्तरिक्षमा अन्धाधुन्ध घुम्दैनन् ।