飛び出す/跳び出す
1. 〔急いで出て来る〕 फुत्किनु ; फुत्केर (/ हतारिएर) आउनु ;
毎朝私の家族はみな仕事や学校へ行くため家を飛び出していたものです
बिहान बिहान हामी सबै जना हतारहतार गरेर काममा वा स्कूलमा जान्थ्यौं ।
ひとたび巣を飛び出したハチは適格なパイロットや航海士になる
गुँड बाहिर पुगेपछि यी मौरीहरू कुशल चालकझैं उड्छन् र आफ्नो बाटो पत्ता लगाउन खप्पिस हुन्छन् ।
魚が水中から飛び出した
माछा पानी बाहिर उफ्रेर आयो ।
2. 〔急いで出て行く〕 फुत्किनु ; फुत्केर (/ हतारिएर) जानु
市場に向かって飛び出していった
ऊ बजारतिर हानियो (/ बेगले दौड्यो) ।
緊急呼び出しを受けた消防士は事務所を飛び出した
आकस्मिक फोन आउनेबित्तिकै अग्नि नियन्त्रक अफिस छोडेर गइहाले ।
入ってきたウィリアムは聴衆をちらっと見てから演壇の上にいる私を見ると会館から飛び出して行ってしまった
भित्र पस्ने बित्तिकै विलियमले चारैतिर श्रोताहरूलाई हेरेमलाई मञ्चमा देखे र त्यहाँबाट सुइँकुच्चा ठोके ।
ジョンは妻と口論して家を飛び出しバーに行った
श्रीमतीसित भनाभन भएपछि जोन रिसले आगो हुँदै भट्टीतिर हानिए ।
3. 〔突き出る〕 protrude; project; बाहिर निस्कनु ;
葦は水中で生長し湖面から飛び出す
नर्कट पानीभित्रबाट सतहभन्दा माथिसम्म उम्रन्छ ।
地中海に飛び出した長靴形の半島の国イタリア
भूमध्यसागरसम्म फैलिएको बुट आकारको प्रायद्वीप इटाली
周囲何マイルも黒土の上に飛び出している石一つ残されていなかった
कयौं किलोमिटर टाढासम्म पनि कालो माटोमाथि एउटा सानो ढुंगासमेत माथि उठेको थिएन ।
4. 〔突然出現する〕
大きく揺れる空中ぶらんこから曲芸師がぱっと飛び出し体を二つに折って見事な宙返りをした
जमिनबाट धेरै माथि झुन्ड्याइएको पिङमा सर्कस कलाकार मच्चिरहयो र अचानक ऊ पिङबाट फुत्रुक्क उफ्रेर जीउलाई डल्लो पार्दै कुशलतासाथ हावामा हुत्तियो ।
〔去る〕
子どもは反抗し家から飛び出した
बच्चाले आमाबुबाको विद्रोह गरेर घरबाट भाग्यो ।