UNOES 日本語・ネパール語辞典用例つき・無料

飛び込む

1. 〔身を躍らせる〕 plunge; jump; leap into~; ~ मा हाम फाल्नु ;

  • 彼はバシャーンと海に飛び込んだ

    तिनी समुद्रमा झ्याम्मै हाम फाले ।

  • 泳げないのにだれかを助けようと水の中に飛び込んだ

    पौडी खेल्न नआए तापनि कसैलाई बचाउन तिनी पानीमा हाम फाले ।

  • 深いプールに初めて飛び込むような気分だった

    गहिरो पोखरीमा पहिलो पटक पौडी खेल्न लागिरहेको जस्तो लाग्यो ।

  • 彼らは,近くの水場に飛び込んでは,はしゃぐ子どもたちのように戯れていた

    तिनीहरू नजिकैको पानीले भरिएको खाल्टोमा फाल हाल्दै र केटाकेटीहरूजस्तै मस्तसँग खेल्दैथिए ।

2. 〔勢いよく入る〕

  • 彼はベッドに飛び込んだ

    उनी हतारिएर ओछ्यानभित्र पसे ।

  • 息子は駆けてきて私の腕に飛び込んだ

    छोरा दोडँदै, उफ्रँदै मलाई अँगालो हाल्न आयो ।

  • 子供たちが部屋に飛び込んできた

    बालकहरू हडबडाएर कोठाभित्र पसे ।

  • ある気持ちのよい夕方,蝶が1匹,豪華なレストランに飛び込んできた

    एक साँझ एउटा सानदार भोजनालयमा पुतली उड्दै भित्र पस्यो ।

  • 海に飛び込んだ非常に大勢の人がおぼれてしまった

    समुद्रको पानीमा हाम फाल्ने थुप्रै मानिसहरू डुबे ।

  • 上の階で物が壊れる音がして,天井が落ちてくるのではないかと心配になり,テーブルの下に飛び込んだ

    माथिल्लो तलामा सामानहरू जोड जोडसित बज्रिरहेको आवाज सुन्ने बित्तिकै छत नै तल खस्ने त होइन भन्ने डरले म फुत्त उफ्रेर टेबुलमुनि लुकें ।

3. 〔突然入り込む〕

  • 私たちがそうしたサイトに行かなくても,サイトのほうが飛び込んで来る

    हामीले त्यस्ता वेबसाइट हेर्नै पर्दैन, त्यसले पो हामीलाई हेरिरहेको हुन्छ ।

  • 日々,官能的な映像が目に飛び込んでくる

    हरेक दिन हामीमाथि कामुक दृश्यहरूको ओइरो लागेको छ ।

  • まだ眠い目に恐ろしい光景が飛び込んできた

    आँखा मिच्दै आएका हामीले जे देख्छौं त्यो देखेर झसंग भयौं ।

  • すると突然,広大な台地が視界に飛び込んできた

    त्यसपछि अचानक एउटा विशाल पठार देखापर्‍यो ।

4. 〔参入する〕

  • 世紀に訪れることにしたとすればあなたは自分が民族のるつぼの中に飛び込んでいたことでしょう

    तपाईंले आठौं शताब्दीतिर फर्कने विचार गर्नुभयो भनेतपाईंले थरिथरिका मानिसहरू भेट्नु हुनेथियो ।