都合
1. 〔便宜〕 convenience; अनुकूलता ; सुविधा ; सुबिस्ता ; आराम ;
誰でも自分の都合を求める
जो पनि आफ्नो अनुकूल (/ सुविधा) खोज्छ ।
天気の都合を見て旅行計画を調整した
मौसमको अनुकूलता हेरेर यात्राको कार्यक्रम मिलाइयो ।
農民は天気の都合を見ながら畑仕事をしなければならない
किसानहरूले मौसमको अनुकूल बाली लगउनु पर्छ ।
ご自分の都合で来て下さい
तपाईंको सुविधाअनुसार आउनुस् ।
都合の良い環境
अनुकूल हावापानी
別の都合の良い時まで
अनुकूल समय नभएसम्म ; अर्को सुहाउँदो समयसम्म
都合の良いタイミングを待つ
अनुकूल (/ हितकारी) मौका (/ समय / अवसर) हेर्नु
全員に都合が良い場所
सबैलाई पायक (/ सुगम / पुग्न सजिलौ) (पर्नै) ठाउँ
彼の事務所は都合の良い所にある
उसको अफिस पायक (/ सुगम / पुग्न सजिलो) ठाउँमा छ ।
今の状況は彼にとって都合がよい
उसका लागि आजको परिस्थिति दाहिने (/ आफ्नो अनुकूलको / सर्दोबन्दो / हितकारी) छ ।
いつでもご都合の良い時においでください
जहिल्यै आफ्नो सुविधा समयमा (/ जहिल्यै आफूलाई मन लागेको समयमा) आउनुस् ।
別の都合のよい時に知らせてください
अर्को अनुकूल मिल्नसाथ मलाई जनाइदिनुस् । ; अर्को मौका (/ अवसर) मिल्नसाथ मलाई जनाइदिनुस् ।
うちの子は自分の都合の良い時だけ言うことを聞く
मेरा छोराछोरीहरू आफ्नो फाइदा (/ लाभ) होऊञ्जेल मात्र मेरो कुरा पालन गर्छन् ।
皆にできるだけ都合が良いように計画しましょう
सबैलाई सकेसम्म अनुकूल (/ सुविधा) हुनेगरि अयोजना गरौं ।
全員に都合の悪い場所
सबैलाई अपायक (/ दुर्गम / पुग्न असजिलो) (पर्ने) ठाउँ
今日君の都合が悪ければ僕は別の日に来よう ’
तिमीलाई आज अनुकूल नभए म अर्कै दिन आउँला ।
今日は都合が悪い
आज मलाई फुर्सत छैन (/ असुविधा छ) । ; आज मलाई समय सुहाएन ।
すべて都合よく運んだ
सबै कुरा बेरोकटोक गयो ।
都合よく途中で彼女に会った
संयोगले बाटोमा उनलाई भेटेँ ।
2. 〔事情〕 circumstances; अवस्था ; परिस्थिति ; औकात / औगात ; नाता ;〔理由〕 reasons; कारण(हरू) ; आधार ; हेतु ;
都合に合わせて
अवस्था) हेरी हेरी
都合の許す範囲で ’
आफ्नो परिस्थितिले भ्याएजति ; आफ्लो परिस्थितिअनुसार ; आफ्नो औकातले भ्याउञ्जेल
家の都合で学業をやめることは仕方なかった
घरव्यवहारले गर्दा म पढाइ छोड्न विवश (/ बाध्य / लाचार) भएँ ।
彼は自分が司会者という都合でそれに署名した
अध्यक्षको हैसियतमा (/ नाताले / हेतुले) उसले यसमा सही गऱ्यो ।
一身上の都合で退職した
उसले आफ्नो व्यक्तिगत कारणले जागिर छोड्यो ।
どんな都合でも嘘をついてはいけない
अवस्था जस्तो भएपनि (/ जुनसुकै भएपनि) झुटो बोल्नु हुँदैन ।
3. 〔やりくりすること〕 प्रबन्ध ;
金の都合がつかない
पैसा उठाउन गाह्रो भएको छ ।
車の都合をつけられなかった
गाडीको प्रबन्ध मिलाउन सकिनँ ।
何とか都合しましょう
जसरी भए पनि मिलाइदेऊँ ।
来週の集会には何とか都合をつけてご出席ください
अर्को हप्ताको सभामा त कुनै न कुनै तारिकाले उपस्थित हुनुहोला ।
この書類で都合がつきます
ती कागजले अहिलेको लागि त पुग्छ (/ काम लाग्छ) ।
4. 〔総計 / 全体で〕 जम्मा ; जम्माजम्मी ; कुल ; सबै जम्मा गरेर ;