掴む/攫む
1. 〔物を捕まえる〕 catch; take (/ catch) hold of; समात्नु ; पकड्नु pakaDnu ; पक्रनु ; पक्राउ गर्नु ;〔急に / 力ずくで〕 seize; समात्नु ; थुत्नु ; ग्रहण गर्नु ;〔握りしめる〕 grasp; अँठयाउनु ; कसेर पक्रिनु ;〔しっかりつかむ〕 grip; कसेर समात्नु ;
彼はそれを掴んでぎゅっと握りしめた
तिनले त्यसलाई च्याप्प (/ ट्याप्प) समाते ।
彼女の手から雑誌を掴み取った
उसले उनको हातबाट पत्रिका स्वाट्ट तान्यो ।
鋏で墨を掴んだ
उसले कोइलालाई चिम्टाले च्याप्यो ।
彼は直ぐに手を伸ばして彼女を掴んだ
उहाँले झट्टै हात पसारेर तिनलाई समातिहाल्नुभयो ।
高価で割れやすい花瓶を扱う時はあまり強く掴んではならない。さもないとひびが入るかもしれない
बहुमूल्य र संवेदनशील भाँडो चलाउँदा तपाईंले त्यो बेसरी समाउनुहुँदैन नत्र चर्किन सक्छ ।
まるで怪物がこの建物を掴んで左右に揺さぶっているかのようだった
केही राक्षसहरूले भवनलाई च्याप्प समातेर दायाँबायाँ बेस्सरी हल्लाए जस्तै थियो ।
2. 〔しっかりつかんで自分のものにする〕 catch; grasp; grip; pick up; बुझ्नु ; समात्नु ; पक्रनु ; टिप्नु ;
チャンスを掴む
मौका छोप्नु ; मौका (/ मौकाको फाइदा) उठाउनु
要点を掴む
मूख्य बुँदालाई बुझ्नु
うちの娘はどんな言葉も直ぐにこつを掴んで話すんだ
मेरी छोरी कुनै शब्द पनि तुरुन्तै टिप्न सक्छे ।
君の言わんとしている事がよく掴めない ’
तिमीले भनेको कुरा मैले बुझिनँ ।
確実な証拠を掴んでいる
मैले त्यसको ठोस प्रमाण समातेको छु ।
彼の話は私の注意をしっかり掴んで離さなかった
उहाँको भाषणले मेरो ध्यानलाई पक्रिरहयो ।
部下の心を完全に掴んでいる
आफ्ना मानिसहरूमाथि उसको एकदमै बलियो पकड (/ पक्राउ) छ ।