疲れる
1. 〔体力 / 気力が衰える〕 be (/ get) tired from~; थाक्नु ; थकित (/ शिथिल / लस्त) हुनु ; गल्नु ; जाँगर मर्नु ; ओइलनु ; ~ लाई थकाइ लाग्नु ; अघाउनु ; 〔疲れさせる〕 tire; weary; थकाउनु ; मगज खानु ; मकाउनु / मक्काउनु
疲れてだるい体
थकाइले लस्त (/ गलेको / शिथिल) शरीर
疲れている歩行者
विश्रान्त (/ थकित / थकाइ मार्दै गरेको) पथिक (/ बटुवा)
疲れる話
थकाइ (/ दिक्क / झ्याउ) लाग्दो कुरा ; नमजाको (/ थकाउने) कथा
疲れさせる要因
थकित तुल्याउने कारण
疲れた
मलाई थकाइ लाग्यो । ; म थाकिसकेँ ।
歩き回って疲れた
घुमेर मलाई धेरै थाकाइ लाग्यो ।
疲れた足を引きずって歩いた
म मेरो दुखेको खुट्टा घिसारेर हिँडेँ ।
4時間登って疲れた
चार घण्टा उकालो हिँड्दा म गलेँ (/ थाकेँ / थकित भएँ) ।
一日中歩いてぐったり疲れた
दिनभरि हिँड्दा फतक्क गलियो ।
夫は仕事から疲れて家に帰った
पति लखतरान भएर कामबाट घर फर्के ।
重たいかばんに手が疲れた
बोझिलो झोलाले हात गल्यो (/ थाक्यो / थकित भयो) ।
君に疲れたよ
म तिमीदेखि थाकेको छु ।
この話しはどれも疲れる
यो सब कुराले मलाई थकाउँछ ।
彼の話はまわりくどくて疲れる
उसको असम्बद्ध कुरा पट्टाइलाग्दो छ ।
ダルバートばかりで疲れた
म दालभात खाँदा–खाँदा थाकें ।
しゃべり疲れた
कुरा गर्दा–गर्दा थाकें ।
お前と話してすっかり疲れた
तँसित कुरा गरेर नि साध्य! वाकवाकै लाग्यो!
少し疲れたので一軒の軒下で休憩した
अलिअलि थकाइ लागेकाले हामीले एउटा घरको पिँढीमा आराम ग्यौँ ।
彼らはどんどん疲れてそのまま朝になった
तिनीहरू थाकित हुँदा—हुँदै त्यत्तिकै भएर सूय उदायो ।
「ああ,最高!頭が死ぬほど疲れて,何か楽しまないとやってられなかったよ」「あのお,『頭お疲れ』さん,またコンサートに間に合わなくなるわ。随分遅れてるのよ」
“आहा! कस्तो मज्जा! मेरो दिमाग यत्ति थाकेको थियो कि यहाँ आएर अलि रमाइलो नगरी भाथेन ।” “ओ मिस्टर थकाइबहादुर, आज फेरि आज फेरि कन्सर्ट छुट्ने भो । ढिलो भइसक्यो भन्या!”
2. 〔古くなる〕
疲れた上着
थोत्रो (/ घस्टिएको) कोट
靴が疲れている
मेरा जुत्ता फाटेका छन् ।