突っ込む
1. 〔突き入れる〕 thrust; stick in (/ into)~; घुसार्नु ; घुसाउनु ; हाल्नु ;〔無造作に押し込む〕 stuff; cram; pack in (/ into)~; खाँद्नु ; बेसरी भर्नु ; कोचार्नु ;
汚れ物を洗濯機に突っ込んだ
मैले फोहोर लुगा वाशिङ्ग–मेशिनमा घुसारिदिएँ (/ खाँदिदिएँ / धकेलिदिएँ) ।
ポケットに手を突っ込んだ
मैले खल्तीमा हात घुसाएँ (/ पसाएँ / छिराएँ) ।
子供はバケツに手を突っ込んで水をかき回した
बच्चाले बाल्टीमा हात पसाएर पानी चलायो ।
彼女はトランクの中に下着を突っ込んだままだった
उसका भित्रि–लुगाहरू ठूलो बाकसमा त्यत्तिकै कोची–कोची छोडिएका थिए ।
2. 〔勢いよく突き入る / 突き進む〕 धकेल्नु ; धक्का दिनु ; ठोक्काउनु ;
酔った運転手が壁に突っ込んだ
मातेको ड्राइभरले गाडी भित्तामा ठोक्कायो ।
彼は群集の中に突っ込んでいった
ऊ भीडमा धकेल्दै गयो ।
彼らは敵陣に突っ込んでいった
तिनीहरू शत्रुको क्षेत्रमा तेज चालमा घुस्दै गए ।
3. 〔深く立ち入る〕
余計なことに頭を突っ込む
अर्काको कुरामा हात हाल्नु ; अर्काको कुरामा हस्तक्षेप गर्नु
人のことに鼻を突っ込むな ’’
अर्काको कुरा वास्ता नगर । ; अर्काको कुरामा हात नहाल । ; अर्काको कुरामा हस्तक्षेप नगर । ; आफ्नो कुरा मात्र विचार गर ।
お互いに突っ込んだ話をした は自発的であるのに対しは腹を探りながら突っ込む感じ
हामीले एक–अर्कासित मन खोलेर (/ कोट्याएर) छलफल गऱ्यौं । *खोलेरकोट्याएर
その問題についてだれも突っ込んだ意見を述べる者はいなかった
त्यो समस्याको विषयमा कसैले अझ (कोट्याउन) मूख खोल्दैनथियो । ; त्यो समस्यालाई छुन (/ प्रस्तुत गर्न) कसैले आँट गर्दैनथियो ।
4. 〔弱点などを追及する〕
人に突っ込まれるようなことをしたことはありません で「恥ずかしいことをする」の慣用句
मैले नाक काट्ने कुनै काम कहिल्यै गरेको छैनँ । ; अरूले दोष भेट्टाउने (/ औंल्याउन) कुनै काम मैले कहिल्यै गरेको छैनँ । *नाक काट्नु
説明の矛盾点を突っ込まれて返答に窮した
कुरोको असामञ्जस्यता (/ असामानता) कोट्याएको कारण मैले जवाफ दिन हड्बडाएँ ।