詰まらない
1. 〔取るに足りない〕 trifling; trivial; जाबो ; तुच्छ ; नगण्य ; बिना महत्त्वको ; बिना मूल्यको ; हल्का ; सतही ;
詰まらない物
नगण्यता ; जाबो (/ तुच्छ) कुरा ; हातको मयल
*字:「手の垢」
詰まらない話(考え)
साधारण (/ सरल / सजिलो / सहज / स्वाभाविक) कुरा (विचार)
~を詰まらない物と思う
~लाई खेलाँची (/ तुच्छ) ठान्नु
詰まらないことを気にする
सानो (/ नचाहिँदो) कुराको वास्ता गर्नु ; सानो (/ नचाहिँदो) कुरामा ध्यान दिनु
〔贈り物を謙譲して〕詰まらない物ですが
सानो कोसेली हो ।
私は詰まらない人間だ
म आफूलाई महत्त्वहीन महसुस गर्छु । ; म बेकार छु ।
詰まらないことで言い争っている
तिनीहरू सानोतिनो (/ ताइँ न तुइँ) कुरामा झगडा गर्दैछन् ।
あの人の言うことは詰まらないことばかりだ
उसको कुराको केही मतलब (/ अर्थ) छैन । ; उसले तालन—बेतालको कुरा मात्र गर्छ ।
2. 〔ばかげた〕 बेकार ; मूर्ख ; अल्पबुद्धि ;
詰まらない話し
फतफत ; बलबल ; बेकारको कुरा
詰まらない話はよせ
नचाहिँदो कुरा नगर् । ; भएनभएको (/ बेसी / बढी) कुरा नगर् ।
何て詰まらぬことをしたものだ
कस्तो बेकारको कुरा गरेको!
何だ,詰まらない
बेकार!
*この場合は人を指すが,物の場合は,अनर्थ!
3. 〔面白くない〕 बेमज्जा ; नमजा namajaa ; वाक्कलाग्दो ; झकोलाग्दो ;
詰まらない試合
झ्याउलाग्दो (/ दिक्कलाग्दो / वोरलाग्दो) गेम
詰まらない本
वोरलाग्दो (/ चासो नलाग्दो) किताब
詰まらない表現
नीरस (/ बेस्वादको / बिरसिलो) अभिव्यक्ति
あの人と話しても詰まらない
उहाँसित गफ गरे पनि मज्जा (/ रमाइलो) लाग्दैन ।
仕事が詰まらなく思えた
काम उच्चाट लाग्यो ।
彼の話しは詰まらないや
उसको कुरा त साँच्चै झ्याऊ (/ झूर / अल्छी लाग्दो / नरमाईलो) छ ।
人は君の事を詰まらないと言うよ
मानिसहरू तिमीलाई अल्छीलाग्दो भन्छन् ।
「君たち,何してるんだい?」「ただの詰まんないペーパーワーク」
“तिमीहरू के गर्दैछौ?” “उही झ्याउलाग्दो पेपर–वर्क ।”
4. 〔張り合いがない〕 दुःख भएको ; अर्थ नलाग्दो;
高価なものを用意したのにだれも食べてくれなくて詰まらなかった
महँगो खाना तयार पारे तापनि नखाइदिएकोले मलाई दु;ख लाग्यो ।