強い
1. 〔力 / 技が優れている〕 बलियो , 女 बलियी , 複 बलिया ; जोडदार ; शक्तिशाली ; विक्रान्त ; जब्बर ; बलिष्ट ;
強くする ~
लाई बलियो बनाउनु (/ पार्नु)
我よりも遥かに強い存在
々हामीभन्दा कता हो कता शक्तिशाली अस्तित्व
2. 〔健康である〕 स्वस्थ ; बलियो , 女 बलियी , 複 बलिया ; तगडो / तगडा ; बलवान ; बर्कती ;
私は胃腸が強い
मेरो पाचन शक्ति धेरै (/ राम्रो) छ । ; मेरो पेट र आन्द्राहरू बलिया छन् । ; मेरो पेटले धेरै पचाउँछ । ; मेरो पेटको पच्ने क्षमता धेरै छ ।
息子には健全な精神と強い体を持ってほしい
छोराको तनमन दुवै तगडा (/ बलियो) होस् भन्ने म आशा गर्छु । ; छोराको धदय (/ मन) र शरीर दुवै तगडा (/ तन्दुरुस्त) होस् भन्ने म चाहन्छु ।
3. 〔意志 / 気力がたくましい〕 बलियो , 女 बलियी , 複 बलिया ; जोडदार ;
意志の強い人
हिम्मती (/ कृतसंकल्प / अटल / अडिग / दृढ) व्यक्ति
強い意志
जोडदार इच्छा ; अटुट मन ; अडिग (/ निश्चित) मन
強い意志を持った
दृढनिश्चय ; आफ्नो निश्चयबाट पर नहट्ने
強い確信を持って
दृढ विश्विाससाथ
彼女は強かった
उनी दृढनिश्चय थिइन् ।
4. 〔耐える力 / 強度がある〕 दह्रो ; मजबूत majbuut ;
強いゴム
मजबूत (/ सजिलै नभाँचिने) रबर
強い家具
दह्रो (/ मजबूत)
友情の強い絆
मित्रताको कसिलो गाँठो
強い紙
बाक्लो (/ दह्रो) कागज
強い家
मजबूत घर
強い縄
दह्रो (/ मजबूत) डोरी
彼らと私たちの関係を強くする
उनीहरूसित(को) हाम्रो सम्बन्धलाई प्रभावकारी (/ बलियो) बनाउनु
この植物は寒さに強い
यो बिरुवा ठण्डीमा पनि बलियो हुन्छ । ; यो बिरुवा ठण्डीमा पनि थाम्न (/ सहन) सक्छ । ; यो बिरुवा ठण्डीमै राम्रो हुन्छ । ; यो बिरुवाले ठण्डी सहन सक्छ (/ ठण्डी मजाले थाम्छ) ।
町の外壁を強める
शहरी पर्खाललाई मजबुत पार्नु
5. 〔作用 / 程度が激しい〕 कडा ; तेज ; चिल्लो ; प्रबल ; तीव्र ; प्रचण्ड ; चर्को ; अत्यन्तै ;
強い影響
बलियो प्रभाव
強いストレス
उच्च तनाव
強い色彩
चहकिलो रंग
強い欲求
प्रबल (/ तीव्र) चाहना
強い感情 怒り
गहिरो भाव (/ भावना) ; रिस *
強い風
तीव्र (/ चर्को) हावा
強い日差し
चर्को घाम
強い酒
कडा (/ तेज) मद्य
強い証言
प्रभावकारी साक्षी
強い理由
ठोस (/ जोडदार) कारण
度の強い眼鏡
तेजिलो चश्मा
流れの勢いが強い
पानीको बहाब (/ प्रवाह / लहर) तीव्र (/ बेगिलो) छ ।
川の強い水の勢いに押し流された
नदीको धारिलो जलप्रवाहले उसलाई बगायो ।
強い消毒薬のにおい
किटणाषकको कडा (/ चर्को) गन्ध
それは強い消毒薬の役目を果たした
त्यसले एकदमै कडा एन्टिसेप्टिकजस्तो काम गऱ्यो ।
私にはこのコーヒーは強過ぎる
यो कफी मेरो लागि असाध्यै कडा छ ।
彼は責任感が強い
उहाँले जिम्मेवारीलाई गहन रूपमा (/ किसिमले) लिनुहुन्छ । ; उहाँले गहन (/ कडा) जिम्मेवारी महसुस गर्नुहुन्छ । ; उहाँ जिम्मेवार हुन सतर्क हुनुहुन्छ ।
人生の数の出会いは自分を磨く強い経路となる ’
々जिन्दगीमा भेट्ने अनेक मुठभेट्ले मान्छेलाई तिखार्ने प्रभावकारी माध्यम हुन्छ ।
ボールを強く投げる
भकुन्डो जोडसित हान्नु
彼は私の手を強く握った
उसले जोरसित (/ च्याप्प) मेरो हात मिलायो ।
彼らには強く出たほうがいい
तिनीहरूसित त रूखो व्यवहार देखाउँदा पनि हुन्छ । ; तिनीहरूलाई त कडा मनौवृत्ति देखाउँदा पनि हुन्छ ।
風がとても強くて船のかじを取ることができません ’
जोडसित हुरी चलिरहेकोले माझीहरू राम्ररी जहाज खियाउन सक्दैनन् ।
彼はこの問題の重要性を強く主張した
उसले यो समस्याको महत्त्वबारे बलसित (/ जोरदारसित) बतायो (/ जोर दियो) ।
その話は私の心に強く訴えた
त्यो भाषणले मलाई गहिरो प्रभाव (/ छाप) पाऱ्यो । ; त्यो भाषणले मेरो मन घोच्यो (/ छोयो) ।
高価で割れやすい花瓶を扱う時はあまり強くつかんではならない。さもないとひびが入るかもしれない
बहुमूल्य र संवेदनशील भाँडो चलाउँदा तपाईंले त्यो बेसरी समाउनुहुँदैन नत्र चर्किन सक्छ ।
6. 〔厳しい〕
強い反対
घोर (/ भयांकर) विरोध
これは彼らへの強い警告となる
तिनीहरूको लागि यो सशक्त (/ कडा) चेतावनी हो ।
愛も憎しみも心から生まれる強い感情だ
प्रेम र घृणा हृदयबाट उत्पन्न हुने प्रबल भावनाहरू हुन् ।
口では強いことを言っても実は大したことはない
ऊ भुक्छ तर टोक्न सक्दैन । ; उसको मुख मात्र ट्याउ ट्याउ गर्छ काम त गर्दैन । ; उसको मुख मात्र बज्छ काम त केही पनि हुँदैन । ; उसको कुरा त ठूलो छ तर काम त सानो छ ।
先生に強くしかられた
मैले शिक्षकबाट धेरै गाली खाएँ (/ धेरै दुःख भोगेँ) । ; शिक्षकले मलाई कडा किसिमले गाली गर्नुभयो । ; शिक्षकले मसित कडा व्यवहार गर्नुभयो ।
少し強く言い過ぎたかな
मैले अलि बढी गाली गरेँ कि मैले गरेको कुरा अलि कडा भयो कि
7. 〔緩みがない / 固い〕 कसिलो ; मजबूत ;
ねじを強く締める
पेच टनक्क कस्नु
8. 〔得意な〕 सिपालु ;
彼は数字に強い
अंकमा (/ अङ्कगणितमा / गणितमा) ऊ सिपालु (/ बलियो) छ ।
9. 〔なかなか酔わない〕
酒が強い
ऊ रक्सीभन्दा बलियो छ । ; उसलाई रक्सीले लाग्दै–लाग्दैन (/ छुन्दै–छुन्दैन) ।