-って
1. 〔人の言ったことの引用 / 照会 / 繰り返し〕
今良く分かるよ,君は僕に焼餅妬いているって
अब बुझें मैले, तिमी मसित जल्छैा भनेर ।
「それじゃ,なんで僕のことが嫌いなんだ」「お前のことが嫌いだって」
“नत्र, किन देखी सहँदैनौ?” “देखी सहिनँ रे?”
だから家を出ちゃえって言ってるんだよ
त्यसैले त घर छोड्दे भनेको नि ।
それって,彼らがその人と話をしに来るんだ
त्यो भनेको, तिनीहरू ऊसित कुरा गर्न आउँछन् ।
ウパスナもそう言ってたぞ,「この人には参った」って
उपासना पनि त्यंै भन्थी । यो केटो कमालको छ है!
「だれ,ジーナって?」「その級友の女の子」
“को जिना?” “त्यै मेरो सहपाठी केटी ।”
僕が大人になってがっかりさせたってこと,お父さん?
ऐले चाहिं दुःख दिएँ भन्न खोज्नुभएको, हैन ड्याडी?
話ってこういうことなの
कुरा भनेको यस्तो पो!
彼女が言ってたわ,何だっけ,いってみて,だれかがいけないことをするとどうするの
उसले भनेको – अँ ... भन्ने आएन क्या – अँ, भन त कुनै व्यक्तिले गर्न नहुने कुरा गर्यो भने के गर्ने?
2. 〔 … というものは〕 भनेको ;
まあ、あなたって! 決して悪態はつかないし分からないって言うし
छया तिमी त! फोहोर कहिल्यै बोल्दैनौ अनि भन्छौ थाहा छैन?
なぜってあなたはもう私のことが好きでしょ
किनभने तिमीले मलाई मन पराइसक्यौ नि, हैन!
お前ってやつはだめだな
तँ भने कत्ति बेकार छस् ।
私って本当はわがままなのよ
साँचो कुरा, म त (/ भने) हठी (/ जिद्दीवाल / अटेरी) मान्छे हुँ ।
初めての時ってだれでもそうだよ
पहिलो चोटि त जसलाई पनि त्यस्तो लाग्छ (/ हुन्छ) ।
3. 〔 … としても〕
今出掛けたって間に合わないよ
अहिले छाडे पनि भ्याउँदैन ।