美味い/甘い/旨い/上手い
1. 〔おいしい〕 delicious; tasty; मीठो * 本来は甘いものを指して使う; मिष्ट ; स्वादिष्ट ; स्वादिलो ;
美味そうな
मीठो देखिने ; खाऊँ खाउँ जस्तो लाग्ने
このケーキは美味い
यो केक मीठो छ ।
苦瓜の苦味も人には美味いものだ
करेलाको तीतो पनि कसैलाई स्वादिष्ट (/ स्वादिलो) हुन्छ ।
金があれば美味いものを食べれたのに ’
कान्छी नानी (/ धनसम्पति / टन्नै पैसा) भए पो मीठो खान पाइन्थ्यो ।
2. 〔上手な〕 निपुण ; सिपालु ; पोख्त ; प्रभावकारी ; उपयुक्त ;
上手いぞ
स्याबास वाहवाह बेस ठीक गऱ्यौ
踊りが上手い
उनी नाच्न सिपालु छिन् । ; उनको नाच राम्रो छ ।
君は話を引き出すのが上手いなあ
तिमी कुरा धुत्न सिपालु (/ कुशल) छौ ।
トランプで上手い手を使った
तासमा उसले बुद्धि खियाएर चाल चाल्यो । ; तासमा उसले राम्रो (/ चतुर / दक्ष) चाल चाल्यो (/ चलायो) । ; तासमा उसले चतुरता (/ दक्षता) देखायो ।
彼は絵が非常に上手い
ऊ चित्रकलामा अत्यन्तै पोख्त छ ।
3. 〔上手な / 都合がよい〕
それは上手い考えだ
त्यो राम्रो (/ ठीक / अनुकूल) विचार हो ।
彼らは上手いところに目を着けた
तिनीहरूले सही कुरामै नजर लगाएका रहेछन् । ; तिनीहरूको दृष्टि सही कुरामै रहेछन् ।
彼は上手いことをいって私から金を取った
उसले चिप्ला (/ मीठा / चेपारे) कुरा गरेर मसँग पैसा धुत्यो ।
上手い具合に彼をいい仕事につかせた
चलाखी गरेर मैले उसलाई राम्रो काम दिलाएँ ।
旨そうな話につられて出資した
रहरलाग्दो कुराले लोभिएर मैले पुञ्जी हालेँ ।
なかなか上手いことをおっしゃいますね
कस्तो ठीक (/ सुहाउँदो / मिल्दो) कुरा गर्नुभाछ
全てが上手い具合におさまった
सबै अनुकूल मिल्यो ।