酔っ払う
get drunk; मात्नु (/ मातिनु / मात्तिनु / मात्तिउनु) ; लट्ठ (/ मतवाला / लत्तो / मस्त) हुनु ; धोक्नु ; डुब्नु ;
彼は酒に酔っ払った
ऊ रक्सीले मात्तियो । ; उसलाई रक्सीले मात लाग्यो ।
ちょっと酔っ払っている
उसलाई अलि रक्सी लागेको छ ।
酔っ払っている
मत्त ; मस्त ; केही रक्सीको नशा लागेको
もうすっかり酔っ払っている
ऊ रक्सीले टिल भइसकेछ । ; ऊ पूरा मत्तिएछ । ; उसलाई पूरा रक्सी लागिसकेछ ।
酔っ払って何も出来なくなった
ऊ मातेर असहाय भयो ।
何が言いたいんだ? 酔っ払っているとでも思っているのか?
के भन्न खोजेको? झ्याप भएँ भन्ठानिस्?
宴会ではたいていほとんどの人が酔っ払い始めた
प्रायजसो भोजको अन्तमा मानिसहरू मात्तिन थाल्थे ।
酔っ払うほど飲む
रक्सीले मात्तिउञ्जेल (/ मात लागुञ्जेल) पिउनु