全部
〔全て〕 all; सब / सबै ;〔全体〕 the whole; सम्पूर्ण ; पूरै ; जिम्मा ; सम्पूर्ण अङ्गमा ; पूर्ण रूपले ;
ミルク,全部使ったの
सबै दूध चलायौ?
全部自分が引き受けなければならなかった
जिम्मा आफैले लिनुपर्यो ।
これでディナーセットが全部そろう
यसले भोजको सामान पूरा (/ पूर्ण) हुन्छ ।
彼の財産は全部で50万ルピア分ある
उसको भएभरको (/ सम्पूर्ण / भएभर जम्मा गर्दाको / कट्थाककुटुक) जेथा पाँच लाखको रहेछ ।
集会に君がいつ来ていついないかくらい全部知ってるんだ
सभामा कहिले आयौ, कहिले आएनौ, सब थाह छ ।
全部の数
पूर्णांक (/ पूर्ण शंख्या)
家の全部の責任は彼の上にある
घरको पूरा (/ सम्पूर्ण / समग्र) जिम्मा उसलाई आइपरेको छ ।
私が全部の仕事をし,彼が全部の信望をかっさらった
मैल सबै काम गरें अनि उसले सबै श्रेय लियो ।
お巡りさんは自分の担当区域の全部の家を知っている
पुलिसले आफ्नो इलाकाको प्रत्येक घर चिन्दछ ।
*प्रत्येक, हरेकは常に単数扱い
一つの章全部で
एउटा पूरै अध्यायले
私たち全部で20人です
हामीहरू जम्मा २० जना हौं ।
費用は全部で700ルピアだった
जम्मा (/ जम्माजम्मी) खर्च सात सय रुपियाँ भयो ।
全部で幾らになりますか
पैसा जम्मा कति भयो (/ पर्ने भएछ)? ; पैसा जम्मा कसरी भयो?
*どちらも पैसा 「お金」を付けた方が誤解がなく無難