ずきん
1. 〔脈動 / 痛み〕 throb; कटक्क ; चस्स ; टनक्क ; चरक्क ;
傷がずきんと痛んだ
घाउ चिरिक्क चहरायो । ; घाउ टनक्क टन्कियो । ; घाउ चसक्क (/ चस्स) दुख्यो ।
赤痢で腹がずきんと痛んだ
आउँ परेकाले पेट कट्ट (/ कटक्क) काट्यो ।
朝からこめかみがずきんと痛む
टाउकोको कनपटी बिहानदेखि टनटन (/ चस्सचस्स) दुखिरहेछ ।
きつい言葉に胸がずきんと痛んだ
उसको कठोर शब्दले मेरो मन च्वास्स (/ चसक्क / चस्स) दुख्यो ।
それを見て彼女の心もずきんと痛んだ
त्यो देखेर उनको मन पनि छियाछिया भयो । ; त्यो देखेर उनको मुटु पनि चसक्क (/ चस्स) बिझ्यो ।
思い出すたびに後悔で胸がずきんと痛む
हरेक चोटि सम्झँदा पछुतोले च्वास्स (/ चसक्क / चस्स) मन घोच्छ ।