UNOES 日本語・ネパール語辞典用例つき・無料

同-

1. 〔同一の〕 the same; एउटा ; एकनास ; एकै खाले ; समानरूपको ;

  • 同量の水

    समान (/ बराबर) मात्राको पानी

  • 同世代の人〔同じ年齢の〕

    々 समकालीन मानिसहरू ;दौंतरहरू ; समवयस्कहरू ; समवयी (/ समान उमेरका) मानिसहरू

  • 彼と親しくなるのは,同世代の人と友達になるのとは訳が違う

    उहाँसित मित्रता गाँस्नु भनेको दौंतरीहरूसित मित्रता गाँस्नुजस्तो होइन ।

2. 〔同上の〕

  • 同紙によると

    ऐजन (/ उक्त / उही) रिपोर्टले देखाएअनुसार

  • 同大学では

    उक्त (/ ऐजन / उही / सोबमोजिमको / पहिले उल्लेख भएअनुसारको) विश्वविद्यालयमा ; सो विश्वविद्यालयमा

    *触れた直後であれば सो「その」だけでも通用する

3. 〔問題の〕

  • 同映画

    फिल्म जसको चर्चा हुँदैछ

連語
どう

4. 〔どのように〕 how; कसरी ; के गरेर ; कुन तरीकाले ;〔何〕 what ; के ;

  • 変わったって?如何?

    बद्लिसक्यो रे? कसरी?

  • 如何思う?

    के छ विचार?

  • 如何言いましょうか

    भनौ न

    *会話の途中で言葉がよどんだ時に使う

  • 如何言うこと(意味)

    मतलब? ; के भन्न खोजेको (/ खोजेकी)?

    *खोजेकीは相手が女性の場合

  • これが如何言うことかと言うと

    कुरा के रहेछ भने ; यो कस्तो कुरा हो भन्दाखेरी

  • あの件について如何思う

    त्यो कुराबारे तपाईंको के विचार छ? ; त्यो विषयमा तपाईंलाई कस्तो लाग्छ?

  • 如何なっても覚悟は出来ているのか

    जेसुकै भए पनि तयार छौ?

  • あなたは自分の家族を如何保護しますか

    तपाइर्ं आफ्नो परिवारको कस्तो सुरक्षा गर्नुहुन्छ?

  • 他に如何やれるんだい

    अर्को कुन तरीकाले गर्न सक्छौ?

  • 如何やったら自信をもてるだろう

    कुन कुराले मलाई विश्वस्त बनाउँछ?

  • 如何やっても食事が喉を通らなかった

    कसैगरे पनि मेरो घाँटीबाट खाना भित्रै पसेन ।

  • 母さんには如何説明するか言ってごらん

    ममीलाई के भन्छौ भन त?

  • 君が如何計算するかみてみよう

    तिमीले कसरी हिसाब गर्छौ हेरूँ ।

  • 「コーヒーは如何入れましょうか」「半々のミルクコーヒーでお願いします」

    “कस्तो कफी मनपर्छ?” “आधा कफी र आधा दूध ।”

連語
如何あれ・如何あっても
  • 如何あっても行かねばならない

    जसरी (/ जे) भए पति जानै पर्छ ।

  • 如何あれロヒトが元気であることははっきりした

    जे भए पनि रोहित कुशलै रहेछ भन्ने चाहिं पक्का भो ।

  • 出来栄えは如何あれ子供が自分でしたことに意義がある

    नतिजा जस्तो भए पनि बच्चा आफैले गरेको नै अर्थपूर्ण (/ महत्त्वपूर्ण) हो ।

  • でもお父さん,状況が如何あれそれは彼が望んだことじゃないの

    तर ड्याडी, त्यो जे–जस्तो हालतमा भए पनि त्यसले खोजेकै त्यही हो क्यारे ।

連語
如何する
  • 如何したの

    (तिमीलाई) के भयो?

  • そうなったからには如何するよ

    त्यस्तै पर्‍यो (/ भयो / बन्यो) के गर्ने?

  • あなた如何しましたか 〔友人間で(おいどうした)〕’

    के भयो तपाईंलाई के के भो

  • ああ,それが如何した?

    अँ याद छ, अनि के भो त!

  • 如何したらいいかは後で考えよう

    कस्तो (/ के) गर्दा हुन्छ भन्ने कुरो(बारे) पछि विचार गरौं ।

  • 如何するにせよ

    चाहे जेसुकै गरौं ; जे गरे पनि ; गने त जुनसुकै होस्

  • 「彼が5千ルピア勝ったぞ」「それが如何した」

    “उसले पाँच हजार जितेको छ ।” “के भयो त?”

  • もしラフルについてニスチャルがいうことが正しいなら如何するの

    राहुलबारे निश्चलले भनेको कुरा ठीक रहेछ भने नि?

  • 彼女が言ってたわ,何だっけ,言ってみて,だれかがいけないことをすると如何するの

    उसले भनेको – अँ ... भन्ने आएन क्या – अँ, भन त कुनै व्यक्तिले गर्न नहुने कुरा गर्‍यो भने के गर्छ?

  • ど・・・如何したの,お父さん?お母さんに何があったの?

    के... के भो ड्याडी? ममीलाई के भो?

  • 如何したら彼と真面目に交際できるだろう

    ऊसितको विवाहपूर्व भेटघाटलाई कसरी आदरणीय राख्न सकिन्छ?

連語
如何しよう
  • これ,如何しよう?

    यसलाई हामीले कसरी गर्नु?

  • さあ如何しよう? 今日は話の割り当てがあるんだ

    अब के गर्ने? आज मेरो भाषण छ ।

  • 如何しようかとまよう

    दोमनमा पर्नु ; आलटाल (/ आलेटाले) गर्नु

  • さて、如何しよう?

    अब के गर्ने?

  • 煩いで,如何しようこうしようと言う有様になった

    फिक्रीले के गरूँ कसो गरूँ भन्ने अवस्थामा पुग्यो ।

連語
如何しようもない
  • 如何しようもない者たち

    कतिपय बदमाशहरू

  • 如何しようもない奴隷

    नालायक दास

  • これ如何しようもないよ 〔これは役に立たない〕〔じれが仕方ない〕’

    यससित कामै छैन । के गर्ने सम्भव छैन ।

  • 怠惰で如何しようもない奴

    अल्छे र नालायक मान्छे

  • あいつは如何しようもない!

    ऊ खत्तम छ!

  • 彼らは如何しようもない悪党だ

    तिनीहरू सुधार्नै नसकिने दुष्टहरू हुन् ।

  • それじゃあ(今更)如何しようもない

    अब (त्यसो भए) त केही उपाय नै छैन ।

  • 私としては如何しようもない

    अब म के गर्ने? ; म केही गर्नसक्दिनँ ।

  • 自分では如何しようもない状況

    आफ्नो काबुबाहिरको परिस्थिति ; आफ्नो वशमा नभएको परिस्थिति

  • 雨が降ったら如何しようもないね

    पानी पर्‍यो भने म रोक्न सक्छु? ; पानी पर्‍यो भने म केही गर्न सक्तिनँ ।

  • 〔転んで〕如何しようもない道だ! あいたたた,私の膝が!

    धिक्कार यो बाटोलाई! ऐय्या, मेरो घुँडा!

  • 道で強盗に襲われたが如何しようもなかった

    हामी बाटोमा लुटियौं अनि लाचार थियौं ।

  • 自分では如何しようもない事柄もあるという事実を認める

    कुनै–कुनै कुरा आफ्नो वशमा हुँदैन भनेर मानिलिनु

  • 自分では如何しようもできない子供たち

    असहाय – अरुमा भर पर्ने) बच्चाहरू

  • この如何しようもない場所に住んでから1年が経った

    हामी यो खतम ठाउँमा बसेको एक वर्ष भइसक्यो ।

  • 如何しようもないことですが,ロヒトが物事をそのように見ないんですよ

    खइ के गर्नु, रोहितले त्यसरी सोचिदिएन!

  • やるべきことはすべてやった。これ以上如何しようもない

    उसलाई सिकाउनुपर्ने कुरा त सबै सिकाएँ तर अब कै गर्नै?

  • だがな,あいつもこいつも駄目だ,この世も如何しようもないと言って触れ告げ回って何になるんだ

    तर फलाना यस्तो ढिस्का यस्तो भनिहिंड्नु अनि यो संसार यत्ति खराब अत्ति खराब भन्दै झ्याली पिटिहिंड्नु चाहिं किन?

連語
如何しようもないほど
  • 少年は如何しようもないほどずる賢い

    यो केटो उत्पातै बाठो छ ।

連語
如何なる
  • 彼が戻ってきたら如何なるの

    ऊ फर्केर आयो भने के हुन्छ होला?

  • 彼がいなかったら自分は如何なっていただろう

    उहाँको साथ नहुँदो हो त म कस्तो अवस्थामा हुन्थे होला?

  • その話の最後は如何なるんですか

    कथाको समाप्ति कसरी हुन्छ?; कथाको कस्तो समाप्ति हुन्छ?

  • あの約束はいったい如何なったんだい

    त्यो प्रतिज्ञा कहाँ गयो?

5. 〔いかが〕 कस्तो ; कसो होला ;

  • 学校は如何かね

    स्कूल कस्तो छ (/ भयो)? ; स्कूल तिमीलाई कस्तो लाग्छ (/ लाग्यो)?

  • こうしたら如何だろう

    यसो गरे कसो होला?

  • 待ってみるのは如何だろう

    एक छिन पर्खौं ।

  • 結婚でもしたら如何なんだ

    किन विहे गर्दैनौ?

  • 今日の調子は如何だい

    आज तिमी कस्तो छौ?

  • 仕事の調子は如何だい

    तिम्रो कामकुरा कस्तो चल्दैछ ।

  • 今朝の気分は如何ですか

    आज कस्तो छ तपाईंलाई?

  • 如何だい調子は

    वाह! के भो यार?

    *ヒ

  • 如何,気に入った?

    कस्तो छ? मन पर्‍यो तपाईंलाई?

  • お茶を1杯如何ですか

    एक कपको चिया खान कसो?

  • 私の新しい靴如何思う?

    मेरो नयाँ जुत्ता कस्तो छ?

  • 新しい仕事を始めて一月経つけど如何だい

    नयाँ जागिर खाको एक महिना भइसक्यो, कस्तो लाग्दैछ?

  • 彼らはそれらの事柄がその通りか如何か日ごとに調べた

    तिनीहरूले ती सत्य हुन्‌ कि होइनन्‌ भनेर पक्का गर्न होसियारीसाथ दिनहुँ ती जाँच्थे ।

6. ⇒ どちら(何方)

  • 彼は如何ともとれる返事をした

    उसले अर्थ अस्पष्ट जवाफ दियो । ; उसले अधिक (/ दोहोरो / धेरै) अर्थ लाग्ने जवाफ दियो ।