UNOES 日本語・ネパール語辞典用例つき・無料

自分

1. 〔自身 / 自己〕 oneself; स्वयम् ; आफू ;

  • 彼は自分を犠牲にしてでも他の人を助ける

    खतरा मोलेरै भए पति तिनी अरूलाई मदत गर्छन् ।

  • 今日多くの人は自分だけが幸せならそれで十分だ

    आज धेरैलाई आफू खुसी हुन पाए पुग्छ ।

  • 私が会いに行った時,彼らは自分たちだけでいた

    म भेट्न जाँदा तिनीहरू एकलै (अरू मानिसबिना) थिए ।

  • 自分が社長になれるような幾らかの仕事はすぐに斡旋できるのに

    आफै मालिक हुन सक्ने काम त म दिइहाल्छु नि ।

  • 自分が何を言っているのか君は分かっているの?

    तिमी के भन्दैछौ, होसमा त छौ?

連語
自分に
  • 自分に正直でいる

    आत्मनिष्ठ हुनु ; आफूमा विश्वास राख्नु ; आफ्नो भनाइ र कार्यमा निष्ठ हुनु

  • 自分に厳しい

    आत्मनिष्ठ हुनु ; आफूमा कडा नियम लाउनु ; आफूलाई साह्रै नियन्त्रणमा राख्नु

  • 彼は私に自分に対するように振舞っている

    उसले मलाई आत्मवत् (/ आफ्नो जस्तो / आफू जस्तो) व्यवहार गरेको छ ।

  • 彼は私に自分に対して分別のある平衡の取れた見方を持つよう助けてくれた

    उहाँले मलाई आफूप्रति बुद्धिमानी र सन्तुलित दृष्टिकोण विकास गर्न मदत गर्नुभयो ।

  • 人が自分にして欲しいと思うことはみな,同じように人にもしなければならない

    मानिसहरूले तिमीहरूलाई जे जसो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर्नू ।

    *聖書の黄金律

連語
自分の
  • 自分の意思で選ぶ

    आफ्नो स्वेच्छाले रोज्नु

  • 自分の考えを推し進める

    आफ्नो विचार अघि सार्नु

  • 自分の好きなようにしな

    आफूखूसी (/ आफ्नो मन–लागी) गर् ।

  • 彼は自分のしゅうとめと弟と共に暮らしていた

    तिनी आफ्नी सासू र आफ्नो भाइसँगै बस्थे ।

  • この計画に100万も自分の金を持ち出した

    यो योजनाका लागि मैले आफ्नै खल्तीबाट दस लाख दिएँ (/ बेहोरेँ / झिकेँ) ।

  • 試合を終えて皆自分たちの家に戻った

    खेल सकिएपछि खेलाडीहरू आ–आफ्ना घर गए ।

  • 彼のすべてを自分のものにしたかった

    उसले तिनको सबै कुरामाथि अधिकार जमाउन मन लाग्यो ।

  • だれもが自分の決定を下さなければならない

    सबैले आफ्नो निर्णय आफै गर्नुपर्छ ।

  • 自分の世話は自分で見れるよ

    आफ्नो ख्याल आफै राख्न सक्छौं ।

連語
自分で・自分一人で
  • 自分で考えよ

    आफै सोच ।

  • 自分で行きなさい

    आफै जाओ ।

    *आफैだと「独力で」の意味が濃く,एकलैだと「独り寂しく」の意味が濃くなる

  • 自分で経験して,彼女の言葉が真実だと知った

    जब म आफै त्यसमा परें तब तिनले सही कुरा भनेकी रहेछिन्‌ भनेर बुझें ।

  • 自分たちでそれぞれのものを確認して持って行きなさい

    आ–आफूले सामान चिनेर लैजाऊ ।

  • 彼らは家の仕事を自分たちだけでする

    उनीहरू घरको काम आ–आफैँ गर्छन् ।

  • 「ドアを閉めてくるか」「自分で閉めてよ」

    ढोका थुनिदिन्छैा?" "आफै थुन ।"

  • しばらく自分で何かしたいんだ

    अलि समय आफै केही गर्न चाहन्छु ।

  • 信じれないなら自分で行って見てきな

    नपत्याए आफै गएर हेर ।

  • どうして自分一人で遊んでいるんだい

    तिमी किन एकलै खेल्दैछौ?

  • 人生の目的は人それぞれ自分で決めるべきものだ,と考える人は少なくありません

    कतिपय मानिसहरू जीवनको उद्देश्य के हो भनेर निधो गर्ने काम व्यक्ति स्वयम्को हो भन्ने सोचाइ राख्छन्‌ ।

  • 彼らは自分たちで書いた物語を私たちに読んで聞かせた

    उनीहरूले कथाहरू हामीलाई पढेर सुनाए जुन तिनीहरू आफैले लेखेका थिए ।

    *उनीहरूをतिनीहरूで受けている

  • 自分でこの問題を解決しなくちゃ

    म आफैले यो समस्या समाधान गर्नुपर्छ ।

  • 自分の面倒は自分で見ます

    म आफ्नो हेरचाह आफै गर्छु ।

  • いつも自分でがっかりして泣く以外に何もできなかった

    म आफै चित्त दुखाएर रुने बाहेक अरु केहि गर्न सक्दिनँ थेँ ।

  • 自分で何がしたいのか分からないよ

    के चाहन्छु मलाई नै थाहा छैन ।

  • 自分ではどうしようもできない子供たち

    असहाय – अरुमा भर पर्ने) बच्चाहरू

  • 自分ではどうしようもできない状況

    आफ्नो काबुबाहिरको परिस्थिति

  • 君は自分で決定できる年齢になった

    तिमी आफ्नो निर्णय आफै गर्ने भइसक्यौ ।

  • 自分がやっていることは自分で分かっているから

    के गर्दैछौं हामीलाई थाहा छ ।

2. 〔私〕 I; आफू ; म ;

  • 臆病な自分との闘い

    लजालु स्वभाव हटाउने मेरो प्रयास

  • 自分は独り身だ

    आफू एक्लै (/ अविवाहित) छु । ; आफू फुक्का मान्छे हुँ ।

  • 自分にがっかりした

    मसित नराम्रो लाग्यो । ; मलाई आफूसित नराम्रो लाग्यो ।

  • 自分としては彼を信用しています

    म भने उसलाई भरोसा गर्छु ।

連語
自分の
  • これは自分の家だ

    यो मेरो आफ्नो घर हो ।

  • 自分の集会があるんです

    मेरो सभा हुन्छ ।