決める/極める
1. 〔決定する〕 decide; तोक्नु ; किट्नु ; किटान (/ निधो / निर्णय / निश्चय) गर्नु ; निश्चित हुनु ;〔取り決める〕 fix; तोक्नु ; स्थिर गर्नु ; निर्धारित (/ निश्चित) पार्नु ;〔決められる〕 be fixed; तोकिनु ; निश्चय गरिनु ;
決められた時間
तोकिएको समय
くじで決める
चिट्ठा तानेर कुरो तोक्नु (/ निर्णय गर्नु)
価格を決める
भाउ तोक्नु ; मूल्यनिर्धारण (/ भाउताउ) गर्नु
段取りを決める
योजना निकाल्नु (/ हल गर्नु / बनाउनु)
きちんと決める
ठीकसँग निर्णय (/ निश्चय / किटान) गर्नु
集まりの時間を決める
सभाको समय तोक्नु (/ किटान गर्नु / निर्धारण गर्नु)
正しい優先順位を決める
सही प्राथमिकताहरू तय (/ निर्धारित) गर्नु ; सही प्राथमिकताहरू तोक्नु
コインを投げて行方を決める
ठेगान गर्न पैसा हुत्याउनु
私は行くことに決めました
मैले जाने निर्णय गरेँ ।
行くか行かないか決めてくださいよ
जाने कि नजाने निधो गर्नुस् (/ दिनुस्) न ।
万一朝薬を忘れても決められた日量はきちんと飲めるように忘れた分は昼か夜かにまとめて飲んでください
औषधी खान बिर्सिए पनि खाने मात्रा तोकिएको हुनाले पछि (दिउँसो वा बेलुका) अरू भागसँग खानुहोला ।
彼が何をすることに決めようと私は賛成します
उहाँले जे निर्णय गरे पनि म सहमत छु ।
前もって自分の目標を決めてください
पहिल्यै आफ्नो लक्ष्य निर्धारण गर्नुस् ।
2. 〔決心する〕 decide; determine; be determined; make up one's mind; decide; resolve; अठोट्नु ; वाचा (/ कटिबद्ध / अटूट / निर्णीत) हुनु ; निर्णय (/ निधो / निश्चित / अठोट) गर्नु ;
どっちとも決め兼ねない状況
चोके ; अल्झो ; अभर
決めた通りに寄付する
आफ्नो मनमा अडकले बमोजिम अनुदान दिनु
彼はネパールに住むことに決めた
उनले नेपालमा बस्ने निर्णय (/ सङ्कल्प) गरे ।
3. 〔決着をつける〕 टुङ्गो पार्नु ; तोक्नु ; समधान गर्नु ;
話を決める
मामिला टुङ्ग्याउनु (/ टुङ्गो पार्नु) ; कुरोको निर्णय (/ तय) गर्नु
縁談を決める
विहे मिलाउनु ; बिहे (/ योजना / निर्धारित / निश्चित) गर्नु
4. 〔うまくする〕
シュートを決める 〔バスケットボールで〕〔サッカーなどで〕
गोल गर्नु ; अंक प्राप्त गर्नु ;गोल गर्नु ; अंक प्राप्त गर्नु
彼は前半に三つのゴールを決めた
खेलको पहिलो भागमा उनले तीन गोल हाने (/ गरे) ।
5. 〔習慣とする〕
朝食はパンとコーヒーに決めている
हरेक बिहान पाउरोटी र कफी खाने भनेर मैले निश्चित गरेको छु ।
自分の中では人には干渉しないことに決めている
अर्काको कुरामा हात नहाल्ने मेरो सिद्धान्त छ । ; अर्काको कुरामा हस्तक्षेप नगर्नु मेरो सिद्धान्त हो ।
6. 〔思い込む〕
決め付ける
तुरुन्तै ठान्नु ; निष्पर्षमा पुगिहाल्नु
私たちはここで決め付けることはできません
हामी यसमा ठोकुवा गरेर भन्न त सक्दैनौं ।
7. 〔かっこうよく着こなす〕
赤のサリで決めていた
उनी रातो साडी लगाएर धपक्क (/ धप्प) बलीन् ।