口
1. 〔人 / 動物などの〕 a mouth; मुख / मूख ;
口をすすぐ
अचाउनु ; मुख चुठ्नु ; मुखशुद्धि गर्नु
口を大きく開ける あんぐり開けること
मुख बाउनु (/ आँ गर्नु) ; मुख फैलाउनु *
口をぽかんと開ける
बाउनु ; मुख पूरा खोल्नु ; आँ गर्नु
暑さで口が乾いた は唇から口蓋まで全部
गर्मीले ओठ तालु सुकायो । *ओठ तालु
彼は口が臭い
उहाँको सास गनाउछ ।
口に食べ物を詰め込む ’
मूखमा खाने कुरा खाँदनु (/ बेस्सरी भर्नु)
納得行かず口を尖らせた
चित्त नबुझेपछि उनले चोसो (/ थुतुना) पसारिन् ।
頼むから器に一口水を入れて飲ませくれ
कृपागरी एउटा लोहोटामा मलाई अलिकता पानी पिउनलाई ल्याइदेऊ ।
口に手を当ててあくびをかみ殺した
उसले मूख छोपेर हाई राक्यो (/ दबायो) ।
口をぽかんと開けて突っ立っていた
उसले मुख आँ गरेर हेरिरहेको थियो ।
それは君の口から聞ければ良かった
यो त तिम्रो आफ्नो मूखबाट सुन्न पाए हुन्थ्यो ।
りんごを見たら口につばがたまった
स्याउ देखेपछि त मूखभरि पानी चुहियो (/ मूखभरि ऱ्याल आयो) ।
心に満ちあふれているものの中から口は語る
मनमा जे प्रशस्त छमुखले त्यही बोल्छ ।
口の中
मुखगुहा ; मुखविवर
米にまじった石が口の中でじゃりっとなった
दाँतमा चामलसित मिसेको ढुंग किरकिर (/ किरिकिरी) गऱ्यो ।
口の尖った人 〔女〕
चरीचुच्चे (/ चोसे) मानिस ; चोसो मुख भएको मानिस ;चोसी स्त्री
2. 〔口のように開いた部分〕 an opening; मुख ; खुला ठाउँ ; प्वाल * 穴; तुण्ड * 楽器等の;
ホースの口
नलीको टुप्पो (/ टुटी)
洞窟の口が大きく開いている
गुफाको मुख बाएको (/ फैलाएको) छ ।
服の開いた口をふさぐ
लुगाको मुख टाल्नु (/ सिउनु)
3. 〔入れ物の口〕 an opening; a mouth; मुख ;〔やかんなどの〕 a spout; टुटी ;
口の広い瓶
मुख ठूलो भएको बोतल
上(下)向きの口
ऊर्ध्य(अधो)मुख ; माथितिर (तलतिर) भएको (/ फर्केको) मुख
瓶の口を開ける(閉める) 〔コルクの栓を〕
बोतलको मुख खोल्नु (बन्द गर्नु) ; बिर्को (/ बुजो) फुकाउन (लाउनु) ;बोतलको बिर्को (/ बुजो) खोल्नु (/ लगाउनु)
瓶の口がふさがった
बोतलको मुख बन्द भएछ ।
彼は水差しの口に口をつけて水を飲んだ
उसले करुवाको टुटीमा मुख जोडेर पानी खायो ।
4. 〔人の出入りする所〕 an entrance; प्रवेश ढोका ;〔戸口〕 a door; ढोका ;
路地口
गल्लीको प्रवेश
駅の西口
स्टेशनको पश्चिम प्रवेशद्वार
出入り口に立つ
प्रवेशद्वारमा उभिनु
5. 〔言葉 / 言い方〕
口の達者な人 〔流暢な話し手〕〔調子は良いが真実味に欠ける人〕
धाराप्रवाह (/ सलसल बोल्न सक्ने) व्यक्ति ;बोल्नमा सहज व्यक्ति ; सजिलोसित बोल्ने तर साँचो मनले नहुने व्यक्ति
口が滑らかな人
चेप्रे पार्ने व्यक्ति
口のきけない人
नउघार्ने मानिस
恐怖に彼女は口がきけなくなった
डरले उसलाई बोल्न नसक्ने पाऱ्यो ।
丁寧な口のきき方をする
उनी शिष्ट (/ भद्र) रूपल बोल्छन् ।
口では強いことを言っても実は大したことはない
ऊ भुक्छ तर टोक्न सक्दैन । ; उसको मुख मात्र ट्याउ ट्याउ गर्छ काम त गर्दैन । ; उसको मुख मात्र बज्छ काम त केही पनि हुँदैन । ; उसको कुरा त ठूलो छ तर काम त सानो छ ।
彼が私の口となってくれた
उहाँ नै मेरो लागि बोल्ने मुख (/ प्रवक्ता) भइदिनुभयो ।
子供だてらに大きな口をきいた
अझै बच्चानै भए तापनि ठूलो मान्छे जस्तो ठूलो कुरा गर्छ ।
口と行動が違う 〔(諺として)言うは易く行うは難し〕
मुख एक काम अर्को । ; बोली एक व्यवहार अर्को । मुख एक काम अर्कै । ; कुरामा एक तर व्यवहारमा अर्कै ।
6. 〔うわさ〕 कुरा कटाइ ; अरूको कुरा ; गफ ; हल्ला ; होहल्ला ; कानेखुसी ; निन्दोचर्चो ;
人の口に戸はたてられぬ
मान्छे बोल्छ । ; मानिसको मूख थुन्नसक्दैन ।
7. 〔味覚〕 तालु ; मुखमा माथिल्लोपट्टिको भाग ; स्वाद पाउने शक्ति ;
ネパール料理は口に合わないと思う
मेरो नेपाली खानाको स्वाद छैन जस्तो लाग्छ मलाई ।
8. 〔養う人数〕 a mouth to feed; खुवाउने मुख ;
口を減らす
खुवाउने मुख घटाउनु
9. 〔勤めなど落ち着き先〕
働き口を探す
जागिर खोज्नु
10. 〔申し込み / 照会〕 a call; an engagement; आग्रह ; अनुरोध ; प्रस्ताव ;
彼女にラジオ出演の口があった
उनलाई रेडियो कार्यक्रममा उपस्थित हुन आमन्त्रित गरिएको थिया ।
11. 〔分担する分〕 a share; भाग ; हिस्सा ;
一口千ルピアお願いします
तपाईंलाई प्रति शेयर रूपैयाँ तिर्न अनुरोध गरिएको छ ।
12. 〔種類〕 किसीम ; प्रकार ; तरह ; खाल ; जात ; परी ; थर thar ;
その口のお酒は飲みません
म त्यस प्रकारको रक्सी त पिउँदिन ।
13. 〔物事の初めの部分〕 सुरु / शुरु ;
序の口
सुरु मात्र
まだ宵の口だ
बेलुका भर्खर सुरु हुन लागेको छ ।