為る
1. 〔ある状態に達する〕 become; get; हुनु * 過去形は थियो ではなく भयो ; भइनु ; बनिनु / बन्नु *भन्नु の発音と混同しない; लाग्नु ; पर्नु * 自分の意志にかかわらず; फल्नु ; पुग्नु ;
平和に為る
शान्त हुनु ; शान्त अवस्थामा पुग्नु
大人に為る 〔成人する〕
बयस्क (/ ठूला मान्छे) हुनु (/ बन्नु)
暑く為った
गर्मी लाग्यो (/ चढ्यो) ।
そう為らないために
यस्तो हुन नदिन
金持ちに為った
ऊ धनी भयो ।
彼は先生に為った
उनी शिक्षक भए (/ बने) ।
赤痢に為った
तिनलाई आउँ पर्यो ।
どう為ってんの
यो के हो; के हो?
為るように為るさ.待つしかない
खैर, कुर्नै पर्छ ।
行進者は10万人にも為った
जुलुसमा भाग लिएकाहरू एक लाख समेत पुग्यो ।
そう為ったからにはどうする
त्यस्तै पर्यो (/ भयो / बन्यो) के गर्ने?
年寄りに為って目が見えなくなった
बूढो भइएछ, आँखा देखिएन ।
ぜんぶで幾らに為りますか
पैसा जम्मा कति भयो (/ पर्ने भएछ)? ; पैसा जम्मा कसरी भयो?
*どちらも पैसा 「お金」を付けた方が誤解がなく無難
買った品物が駄目に為っている
किनेको माल खराब परेछ (/ भएछ / बनेछ) ।
彼女は試験で一番に為った
ऊ परीक्षामा प्रथम भई ।
僕は医者に為るんだ
म डाक्टर हुन्छु (/ हुनेछु) ।
*हुनेछुでより強い意志が表れる
彼女はいとこと一緒に暮らすようになった
उनी भानिजदाजुसित बस्न पुगिन् ।
突然ひとりに為ってしまった
म अचानक एकलै परेँ (/ बन्न पुगेँ) ।
薬が効かなく為った
औषधिले काम (/ फाइदा / ठीक) नगर्ने भइसक्यो । ; औषधिले नछुने भइसक्यो ।
でも僕はあの子は好きに為れないね
तर मलाई त्यो केटो मनै पर्दैन ।
決してそう為らないようしよう
हामी कहिल्यै पनि यस्तो स्थितिमा नपुगौं ।
教師から作家に為った
ऊ शिक्षकको काम छोडेर लेखक बन्यो ।
彼は医者の勉強をしたが医者には為らなかった
तिनले चिकित्सकको पढाइ त गरे तथापि चिकित्सक भने भएनन् ।
ところであの犬はどう為りました
अनि त्यो कुकुर के भयो?
彼が戻ってきたらどう為るの
ऊ फर्केर आयो भने के हुन्छ होला?
しばらくしたら君と一緒に為るから
केही बेरमा म तिम्रो साथमा हुनेछु ।
一緒に食事をすることに為っていた
हामी सँगै खान्थ्यौं (/ खाने थियौं) ।
彼らは徹底的な証言をすることに為っていた
तिनीहरूले विस्तृत साक्षी दिने थिए ।
僕はどう為ってしまったんだ?再び幸福になれるだろうか?
म चाहिं के भाको? के म फेरि कहिल्यै आनन्दित हुन सकूँला?
その全盛期に,アテネは古代世界の文化の中心地と為った
शक्तिको चुचुरोमा पुग्दा एथेन्स प्राचीन संसारको सांस्कृतिक केन्द्र बन्यो ।
2. 〔ある状態に変わる〕
良く為る
राम्रो हुँदै जानु
悪く為る
खरब हुँदै जानु ; बिग्रिँदै जानु
そう言う意味に為ります
त्यस्तो अर्थ लाग्छ (/ राखिन्छ / जनाइँछ) ।
雨に為った
पानी पर्यो ।
水が凍って雪に為る
पानी जमेर हिउँ हुन्छ (/ बन्छ / बदलिन्छ) ।
出来上がりはいつに為りますか
त्यो कहिले सिद्धिन्छ (/ अन्त हुन्छ / पूरा हुन्छ)? ; त्यसको समाप्ति कहिले हुन्छ?
彼女はやがて友好的に為るさ
ऊ मिलनशील हुन्छे ।
兄が連れに来てくれることに為っています
दाइले मलाई लिन आउने (कुरा) भएछ ।
そこに行かなくちゃいけなく為った
त्यहाँ जानुपर्ने भयो ।
病気(風邪腸チフス)に為る ~
/लाई बिरामी (रुघा / टइफोइड) पर्नु
夕方(夜)に為った
साँझ (रात) पर्यो ।
*まだ明るい朝बिहानや昼दिउँसोはपर्नुではなくलाग्नुと組み合わせて使う
3. 〔 … するようになる〕
今に分かるように為るさ
अब थाह हुन्छ तिमीलाई ।
泳ぐのが好きに為りましたか
अब तपाईंलाई पौंडी खेल्न मन पर्यो?
4. 〔ある時期 / 数量に達する〕 ⇒ たっする(達する) ;
春(2月)に為った
वसन्त (/ जेठ) आयो (/ लाग्यो) ।
12時に為った
१२ बज्यो ।
7曜日が集まって一週間と為る
सात वार मिलेर एक हप्ता बन्छ ।
彼がこの家に住んで約2年に為る
ऊ यस घरमा बसेको मोटामोटी दुई वर्ष भयो ।
5. 〔役立つ / 働く〕
これは武器に為る
यो हतियार लाग्छ । ; यो हतियारले काम दिन्छ ।
今行っても何にも為らない
त्यहाँ अहिले गएर केही फाइदा छैन ।
この本はために為る
यो किताब तिमीलाई काम लाग्छ ।
心配したところで何に為るの
चिन्त गरेर के फाइदा छ?
6. 〔役をする〕
ドラマで主役に為った
नाटकमा उहाँले मुख्य भुमिका खेल्नुभयो ।
7. 〔敬語として〕
おいでに為りませんか
आइदिनुहुन्न (/ आइबक्सिनुहुन्न) कि?
*बक्सिनु は深い恭しさを表す