ぴたり
1. 〔急に止まる様子〕 चटक्क / चटक्कै ;
風がぴたりとやんだ
हावा शान्त भयो ।
車が目の前でぴたりと止まった
एउटा गाडी मेरो ठयाक्क अगाडि नै एक्कासि रोकियो ।
機械(歩いていたのが)がぴたりと止まった
मेसिन (हिँड्दाहिँड्दै) टक्क रोकियो ।
バスがぴたりと止まった
बस झ्याप्प (/ खट्याक्क / घचक्क) रोक्यो ।
荒れ狂う水の流れがぴたりと止まった!
तीव्र गतिमा बगिरहेको पानी टक्क अड्यो ।
飲酒をぴたりと止めることは決して大きなことではない
रक्सी चटक्कै छोड्दा चुकाउनुपरेको मोल कुनै ठूलो कुरा हुनेछैन ।
その日から酒をぴたりとやめた
ठ्याक्क त्यही दिनदेखि नै उसले रक्सी पिउन टप्प बन्द गऱ्यो ।
2. 〔くっつく様子〕
ぴたりとくっついた服 ぴったりくっついた
कसिएको (टम्म भएको) लुगा ; छिपिक्क टाँसिएको लुगा *
磁石が鉄にぴたりとくっついた
चुम्बक फलाममा ट्यास्स टाँसियो ।
のりをつけたら切手が封筒にぴたりとくっついた
गम लगाएपछि टिकट खाममा च्याप्प टाँसियो ।
子供は母親の胸にぴたりとくっついていた
बालक आमाको छातीमा टपक्क (/ टप्प / लपक्क) टाँसिरहेको थियो ।
女の子は壁にぴたっとくっついて座っていた
केटी भित्तामा चपक्क (/ टपक्क) टाँसिएर बसेकी थिई ।
やつがぴたりとくっついて来た
ऊ मसँग ट्यास्स टाँसिन आयो ।
3. 〔ずれがなくあてはまる様子〕
箱のふたがぴたりと合った
बट्टामा बिर्को ट्याप्प (/ ट्याम्म) मिल्यो ।
ふた(ドア)をぴたりと閉める
बिर्को (/ ढोका) ढप्प (/ ढयाप्प) लगाउनु
私は彼の動機をぴたりと言い当てた
उसको मनोसय यो हो भनेर मैले ठ्याक्क भन्दिएँ ।