颯と
1. 〔素早く〕 quickly; चटक्क (/ चटक्कै) ; फटफट (/ फटाफट) ; सुटुक्क ; संक्षिप्तमा ; कुलुकुलु ; खुरूखुरू / खुरुखुरू ;〔急に〕 suddenly; अचानक ;
颯と~する ~
गरिहाल्नु
*हाल्नु は複合動詞の一つ
颯と動かす
सुरुक्क (/ खुरुक्क) सार्नु (/ चलाउनु) ; फतल्नु ; तेजसाथ (/ छिटो चालमा) लैजानु
颯と横に動く
सरक्क एकपट्टितर्फ सर्नु
颯と飛びのく
खुरुक्क (/ सुरुक्क) उफ्रेर हट्नु
颯と現れる
मुल्किनु ; मुलुक्क (/ सुटुक्क) देखा पर्नु
*मुलुक्क は「現れる」時にのみ用いる
重い物を颯と持ち上げる
गर्हुँगो चीज स्वाट्ट (/ मजाले / सजीलै) उठाउनु
どこからともなく颯と彼が現れた
कतैबाट ऊ झल्याकझुलुक देखा पर्यो । ; कतैबाट ऊ सुटुक्क आयो । ; कतैबाट ऊ लुत्त पस्यो ।
*लुत्त は,पस्नु や निस्कनु を伴って用いる
颯と仕事を終わらせた
उनीहरूले खुरूखुरू (/ सुरुक्क / मल्याकमिलिक) काम सकाए ।
私から言われたことに颯と従った
उनले मैले भनेको सुरुक्क (/ खुरुक्क) माने ।
地面に落ちたみかんを颯と拾った
उसले भुइँमा खसेको सुन्तला टपक्क (/ छिट्टै) टिप्यो ।
盛り土を颯と飛び越えた
उसले आली फटफट (/ फटाफट) नाघ्यो ।
あちこち見ないで颯と歩き去った
ऊ यताउति नहेरी सुइँसुइँ (/ सरासर / नरोकिईकन / फटाफट) हिँड्यो ।
かごの荷物を颯と覆った
उसले डोकाको सामान झपक्क (/ झ्याप्प / ढपक्क) ढाक्यो ।
彼は颯と部屋から出ていった
ऊ कोठाबाट लुत्त (/ स्वाट्ट / खुरुक्क / सुटुक्क) निस्केर गयो ।
*सुटुक्क は誰にも知られずに。लुत्त は,पस्नु や निस्कनु と伴って
彼女はフライパンで菜っ葉を颯といためた
उसले कराहीमा साग ओल्स्यायो (/ पिल्स्यायो / अलिअलि मात्र पकायो) ।
彼は颯と立ち上がった
ऊ जुरुक्क उठ्यो ।
彼女の手から颯と雑誌をつかみ取った
उसले उनको हातबाट पत्रिका स्वाट्ट तान्यो ।
木から颯と下りた
ऊ रूखबाट खुत्रुक्क ओर्लियो ।
彼は坂を颯と上った
ऊ उकालो बाटो टुइँटुइँ हिँड्यो ।
颯とナイフを抜き取った
उसले झ्वाट्ट छुरी निकाल्यो ।
鳥が颯と飛び立った
चरो सुइँय्य उड्यो ।
家を颯と建てちゃおう
घर फटाफट बनाऔं ।
颯と来て用事を済ませて帰りましょう
कुलुकुलु (/ खुरुखुरू) आएर काम सिध्याएर घरमा जाऔं ।
ぶたれないように颯と頭を引っ込めた
पिटाइ नभेटोस् (/ नछलोस्) भनेर उसले (टाउको) झट्ट निहुरायो ।
彼は髪を颯と整え出かけた
उनि आफ्नो कपाल चटक्क मिलाएर निस्किए ।
息子は冷たい手で私の耳に颯っと触れた
छोराले चिसो हातले मेरो कानमा छ्यास्स (/ छ्वास्स) छोयो ।
2. 〔雨や風が急におこる様子〕
風が颯と通り過ぎた
हावा सुइँय्य चल्यो ।
3. 〔簡単に〕