手
1. 〔手首より先の部分〕 a hand; हात ; भुजा ; पन्जा ;〔腕〕 an arm; हात ; भुजा ; बाहु ; बाहुली ; बाहाँ ; पाखुरा ;〔み手〕 बाहुली * 尊厳を付す;
手一杯の~ ~
हात भरी
素手
खाली हात
み手
बाहुली
手にボールを取って
हातमा (/ हातले) बल लिएर
お手持ちの辞書で
तपाईंको हातमा भएको शब्दकोशले ; तपाईंको आफ्नो शब्दकोशमा
顔を洗う ’字:「手と顔を洗う」
हातमुख धुनु *
手にインクがついた
हातमा मसी लाग्यो (/ टाँसियो) ।
彼の手は震えていた
उसको हात काँम्दै थियो ।
重たいかばんに手が疲れた
बोझिलो झोलाले हात गल्यो (/ थाक्यो / थकित भयो) ।
足だけじゃなく私の手も頭も洗ってください
मेरो खुट्टा मात्र होइनमेरो हात र शिरसमेत धुनुहोस् ।
手でつまんで食べる
हातले (टपक्क) टिपेर खानु
手でレンガの山を一つ一つどけている
उनीहरू थुप्रिएका इँटा हातसारी गरेर पन्छाउँदै छन् ।
手の平
हत्केला
羽が生えたように金はなくなる 慣用字:「金は洗うと流れて消える手の垢だ」
धन हातको मयल त हो । *
手を挙げる
हात उठाउनु ; हात खडा (/ ठाडो) पार्नु
手を広げる〔手のひらを〕〔拳を〕〔両手を〕
पन्जा (/ हत्केला / पाँच औंला) फैलाउनु ;मुठी (/ हात) खोल्नु ;हात (/ भुजा / बाहु) फैलाउनु (/ फिजाउनु)
手を胸に当てる
हात छातीमा राख्नु
手ぬぐいで手をふく
तौलियामा हात पुछ्नु
手を~にかざす ’
हातले छोप्नु
手を振って車を止める
हात हल्लाएर गाडी रोक्नु
手を自分の方へ引っ込める ’
आफ्नो हात (फेरि) आफूतिर खिँच्नु
人の手を引いてあげる
हातले डोऱ्याउनु
手をつないで歩く
हात मिलाएर हिँड्नु
子供たちは手をつないだ
बच्चाहरूले एकअर्काको हात समाए । ; बच्चाहरूले हातमा हात मिलाए ।
手を触れるな
हात नराख नछोओ
手を挙げろ 〔強盗が〕
हात उठा हात माथि
答えの分かった人は手を挙げなさい
यदि जवाफ थाहा छ भने हात माथि उठाओ ।
彼は私の手を強く握った
उसले जोरसित (/ च्याप्प) मेरो हात मिलायो ।
彼は私の右手をつかんだ
उनले मेरो दाहिने हात समात्यो ।
母親は祝福を祈って息子の頭に手を置いた
आमाले आशीर्वाद दिन छोराको शिरमा हात राखिन् । ; आमाले आशीर्वाद दिन छोरालाई शिरहात गरिन् ।
子供たちの肩に手を置いた ’
आफ्ना छोराछोरीको काँधमा (/ कुममा) हात राखें ।
口に手を当ててあくびをかみ殺した
उसले मूख छोपेर हाई राक्यो (/ दबायो) ।
あごに手を当て座っている
ऊ चिउँडामा हात लगाएर बसेको छ ।
彼は手を合わせて祈っていた
ऊ हात लगाएर प्रार्थना गर्दैथियौ ।
彼女は手を伸ばして彼に触れた
उनीले हात पसारेर (/ तन्काएर) तिनलाई छुइन् ।
小さな男の子は父親の手をぎゅっと握って歩いた ’’
सानो केटाले आफ्नो बुबाको हात च्याप्प समातेर हिँड्यो ।
ポケットに手を入れたまましゃべった
उसले गोजीमा (/ खल्तीमा) हात पसालेर (/ हालेर) कुरा गऱ्यो ।
法王は群衆に向かって手を振った
पोपले भीडलाई हात हल्लाए । ; पोपले भीडलाई इशारा गरे ।
2. 〔取っ手〕 a handle; मुठ ; हातले समाइने ठाउँ ;
ドアの手が外れた
बिँड (/ हातो) निस्कियो ।
ひしゃくの手が折れた(取れた)
「डाडुको मुठ भाँचियो ।
3. 〔かぎ爪のある動物の前足〕 a (fore)paw; पन्जा / पञ्जा ; नङ्ग्रा ;〔前肢〕 a foreleg; अगाडिको खुट्टा ;
猫が魚を手で引っ掛けた
बिरालोले पन्जाद्वारा माछा समात्यो ।
4. 〔人手〕 a hand; a helper; हात ; मद्दत / मदत ;〔家事手伝い人〕 a help; नोकर ;〔総称〕( the) help; मद्दत / मदत ;
助けの手
मदतकारी हात
助け手
पूरक ; सहायक ; अन्नदाता ; समर्थक ; मदतगार
敵の手による死
आफ्नो शत्रुको हातले हुने मृत्यु
残忍な暴漢の手に
निष्ठुर गिरोहहरूको हातमा
~に手を差し伸べる ’~
सित मद्दत दिनु ; हातेमालो गर्नु
これは人の手で作られたものだ
यो हातले बनाएको हो ।
この件は彼らの手によるものだった
त्यस मामिलामा उनीहरूको हात थियो ।
あと人ほど手が欲しい
अर्को तीनटा हात चाहिन्छ । ; अर्को तीन जनाको मदत चाहिन्छ ।
5. 〔手段〕 a means; उपाय ; तरिका ;〔計略〕 a trick; हात ; संलग्नता ; पहुँच ; घुसपैठ ;
汚い(恐ろしい)手
नीच (/ कुत्सित) (डरलाग्दो) चाल
手を変える
चाल फेर्नु
他に手はありません
अरू उपाय नै छैन।
別の手で行った方がいい ’
अर्को उपाय (/ तरीका) लिनु (/ अप्नाउनु / सौच्नु) नै बेस हो ।
その件には彼の大きな手が絡んでいる
त्यस काममा उसको ठूलो हात (/ संलग्नता / पहुँच / घुसपैठ) छ ।
あらゆる手を講じたが駄目だった
मैले जे–जति सबै उपाय अपनाएँ तर केही भएन ।
この問題は手のつけようがない
यस समस्याको कुनै समाधान छैन । ; यस समस्यालाई सुल्झाउन सम्भव (/ कुनै उपाय / कुनै तरीका) छैन ।
君は僕に対してどんな手を使っているのだ
तिमी मेरो विरुद्ध के चाल चल्दै छौ
彼の全ての手の業をあなたは祝福されています
तिनको सबै काममा तपाईंले आशिस दिनुभएको छ ।
6. 〔チェスなどの一手〕 चाल ; गोटी ;
手を変える
चाल फेर्नु
彼は八手でチェスに勝った
उसले ८ चालमा नै चेस जित्यो ।
彼はチェスでうまい(まずい)手を使った
उसले चेसको राम्रो (/ चतुर / दक्ष) (नराम्रो / अदक्ष) चाल चलायो ।
トランプでうまい手を使った
तासमा उसले बुद्धि खियाएर चाल चाल्यो । ; तासमा उसले राम्रो चाल चाल्यो । ; तासमा उसले चतुरता (/ दक्षता) देखायो ।
7. 〔筆跡〕
この手紙は女性の手だ
यो चिट्ठी चाहिँ केटी मान्छेको हातले लेखिएको हो ।
8. 〔種類〕 किसीम ; प्राकार ; तरह ; खाल ; जात ; परी ;
この手の~
यस परी (/ किसिमको / प्रकारको)
この手の事柄
यस किसिमका कुरा
この手の紙は好きではない
यस प्रकारको (/ किसिमको) कागत (/ कागज) मलाई मन पर्दैन ।
この手の問題は手掛けないことにしている
यस्तो समस्यामा हात नहाल्ने मेरो सिद्धान्त (/ अठोट) छ । ; यस्तो समस्यालाई नछुने (/ हस्तक्षेप नगर्ने) मेरो सिद्धान्त छ ।
この手のソーセージは長持ちする
यस किसमको ससेज् लामो टिक्छ ।
9. 〔方向〕
橋の右手に
裏手 見出し語
⇒
行く手
10. 〔細工〕 हात ;
「だれの手だ」「奴のだ」 "
” “” “कसको हात छ ” “उसकै ।”
11. 〔所有〕
その絵は何人かの手を経てついに彼の手に渡った
त्यो चित्र कति जनाको हातमा परेपछि बल्ल उसको हातमा आयो ।
このダイヤモンドが我が手に落ちようとは夢にも思わなかった
मैले कहिल्यै पनि त्यो हिरा मेरो हातमा झरेको सपना देखिनँ ।